मधेसका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले यही असोज २८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिए। सचिवालयले आज सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५…

