समता खबर

स्वास्थ्य बीमा सेवा अब अनलाइन, आबद्धता र नवीकरण घरबाटै गर्न सकिने

समता खवरकाठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ । बोर्डका अनुसार २०८३ वैशाख १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्य विद्युतीय प्रणालीमार्फत गर्न सकिने व्यवस्था लागू गरिएको…

पुरा पढ्नुहोस्

लहान आन्तरिक राजस्व कार्यालयका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ

समता खवर सम्बादाता । लहान, ७ साउन ।आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कार्यालय परिसरबाटै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार, सिरहा सुपर मार्केट प्रालिको आर्थिक…

पुरा पढ्नुहोस्

सप्तरी कारागारमा चौकिदार नियुक्तिमा लाखौँको चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

समता खवर सम्बादाता।राजविराज , ५ साउन । सप्तरी कारागारमा चौकिदार नियुक्ति तथा सरुवाका क्रममा लाखौँ रुपैयाँको आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएपछि कारागार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। कैदीबन्दी तथा स्रोतहरूले चौकिदार नियुक्तिमा आर्थिक प्रभाव, पहुँच र अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्रोतका अनुसार २०७९ देखि २०८१ सालसम्म सप्तरी कारागारमा…

पुरा पढ्नुहोस्

मिटरब्याज पीडित र नेपाल सरकारबीच ९ बुँदे सहमति, फर्जी तमसुक, दृष्टिबन्धक लगायत जालसाजीपूर्ण लिखत खारेज हुने

समता खवर सम्बादाता काठमाण्डौं, १ साउन । मिटरब्याज पीडित र नेपाल सरकारबीच ९ बुँदे सहमति भएपछि नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको वार्ता पछि भएको सहमतिमा दुवै पक्षले हस्ताक्षर गर्दै सम्झौता तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमति अनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा कानुनी मान्यता…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाले मेला–महोत्सव तथा शुभकामना कार्यक्रममा झण्डै ६ लाख खर्च, महालेखाले उठायो प्रश्न

सप्तरी । सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मेला, महोत्सव, पूजा तथा शुभकामना कार्यक्रममा रु. ५ लाख ९८ हजार ४ सय खर्च गरेको पाइएको छ। तर उक्त खर्चको पुष्ट्याइँ हुने आवश्यक कागजात पेश नभएको भन्दै महालेखापरीक्षकको कार्यालयले खर्चको औचित्यमाथि प्रश्न उठाएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) ले सार्वजनिक…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाको वित्तीय व्यवस्थापनमा प्रश्न, १७ करोडभन्दा बढी बेरुजु

सप्तरी। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले सप्तरीको सुरुङ्गा नगरपालिकाको वित्तीय व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकामा हाल १७ करोड ३ लाख ५९ हजार ८०६ रुपैयाँ बेरुजु कायम रहेको छ। महालेखा परीक्षकले नगरपालिकाको वित्तीय विवरणमा कैफियतसहितको राय (Qualified Opinion) दिएको छ। प्रतिवेदनमा नगरपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामानअनुसार तयार गर्नुपर्ने…

पुरा पढ्नुहोस्

भुक्तानीमा कमिसन मागेको आरोपमा सप्तरीको भेटेरिनरी कार्यालय प्रमुखसहित चालक अख्तियारको नियन्त्रणमा

समता खवर सम्बादाता। राजविराज, २२ असार । भ्याक्सिनेटरहरूबाट भुक्तानी रकमको २० प्रतिशतसम्म कमिसन (घुस) मागेको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा…

पुरा पढ्नुहोस्

सप्तरीमा दुई राउन्ड गोलीसहित दुई युवा पक्राउ, अनुसन्धान जारी

सप्तरी, १२ असार। सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका–३ निवासी ३२ वर्षीय सुभाष कुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार दिउँसो करिब ४ बजे बलान बिहुल गाउँपालिका–३ अन्तर्गत टिकुलिया–बेल्ही सडक खण्डमा रहेको बाँसको…

पुरा पढ्नुहोस्

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका ५ फरार प्रतिवादी पक्राउ

समता खबर संवाददाता ।राजविराज, २४ वैशाख । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो ।प्रहरीका अनुसार २०८२ वैशाख १० गते सिरहाको लहान नगरपालिका–१० बस्ने ४७ वर्षीय मो. सदाम र ६० वर्षीय…

पुरा पढ्नुहोस्

सप्तरीमा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध लत्ताकपडा बरामद

राजविराज, ८- बैशाख | सीमावर्ती क्षेत्रमा कडाइ बढेसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले एकै रातमा करिब १० लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा नियन्त्रणमा लिएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित सप्तकोसी नदीको बगरबाट बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका कपडा तथा मेसिनरी सामग्री बरामद गरिएको हो। भारततर्फको…

पुरा पढ्नुहोस्