ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
काठमाडौँ — जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली…

