दिपेन्द्र पासवान

समसेरपुरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने पहल: मन्दिर परिसरमा रु. एक करोडको सामुदायिक भवन बन्ने

समता खबर सम्बादाता । सप्तरी, १ कार्तिक। सप्तरीको सुरुङ्गा नगरपालिका–८ स्थित ऐतिहासिक समसेरपुर धातीबजार धार्मिक आस्था, सांस्कृतिक परम्परा र स्थानीय विकासको नयाँ केन्द्रका रूपमा अगाडि बढ्न थालेको छ। भव्य कलश यात्रा र सांस्कृतिक उत्साहका बिच नवनिर्मित श्री माँ दुर्गा भगवती मन्दिरको उद्घाटन भएसँगै यस क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रयास सुरु भएको…

पुरा पढ्नुहोस्

हरवा चरवा कृषक समूहलाई आँप खेती र समूह व्यवस्थापन तालिम

समता खवर संवाददातासप्तरी, असोज २९। सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजरास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा समूह व्यवस्थापन तथा व्यावसायिक आँप खेतीसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।आरआरएन र डिजीएम नेपालको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा सम्पन्न तालिममा ४० जनाको सहभागिता रहेको थियो।ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समूहले लक्ष्मी हरवा चरवा कृषक समूहलाई आँप खेती तथा अचार…

पुरा पढ्नुहोस्

मुसहर समुदायका २७ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समता खवर सम्वादाता ।राजबिराज, २८ असोज । नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला कार्य समिति सप्तरीले मुसहर समुदायको अधिकार, पहिचान र सामाजिक न्याय सुनिश्चित गर्न २७ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।संघले असोज २८ गते सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएको हो । ऐतिहासिक रूपमा सामाजिक, आर्थिक तथा शैक्षिक…

पुरा पढ्नुहोस्

सहमति टुटेपछि चुनाव, सुरुङ्गा कांग्रेसमा कार्की प्यानल विजयी

सभापतिमा रुद्रबहादुर कार्की १३६ मतसहित निर्वाचित, प्रतिस्पर्धी अशोककुमार चौधरी ११४ मतसहित पराजित दिपेन्द्र पासवान कुशहा, १४असोज । सहमतिबाट नगर समिति गठन गर्ने प्रयास सफल नभएपछि भएको निर्वाचनमा नेपाली कांग्रेस सुरुङ्गा नगर समितिको नेतृत्व रुद्रबहादुर कार्कीले पाएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा सबै प्रमुख पदमा कार्की नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्। मंगलबार दिउँसो करिब २ बजे…

पुरा पढ्नुहोस्

दुई पत्र, फरक निर्देशन: कांग्रेसको निर्णय प्रक्रियाबारे स्पष्टताको माग

असोज ५ मा तीन जनालाई मतदानमा रोक्न पत्र, असोज ७ मा श्यामप्रसाद साहलाई अधिवेशनमा सहभागी गराउन निर्देशन दिपेन्द्र पासवान राजविराज, ७ असोज। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट सप्तरीका क्रियाशील सदस्यहरूको अधिवेशन सहभागिता सम्बन्धी विषयमा दुई दिनको अन्तरमा जारी भएका दुई पत्रमा फरक निर्देशन देखिएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूमा तरङ्ग फैलिएको छ। असोज ५ गते नेपाली कांग्रेस…

पुरा पढ्नुहोस्

सप्तरीमा घरभित्रै लुकाएर राखिएको २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

समता खवर सम्वादाता ।सप्तरी,४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेत्तपुर टोलबाट प्रहरीले २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा शनिबार मध्यराति जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले स्थानीयको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार गाँजा भण्डारण गरेको आरोपमा डाक्नेश्वरी–६…

पुरा पढ्नुहोस्

‘सरकार, कोठा खाली छ ?’ सत्यग्रह धर्नाको समर्थनमा लहानमा प्रदर्शन

जातीय विभेदविरुद्ध अधिकारकर्मी र अभियानकर्मीको ऐक्यबद्धता समता खवर सम्बादाता । लहान, ५ असोज । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भइसके पनि दलित समुदायले अझै घर तथा कोठा भाडामा लिँदा जातीय विभेदको सामना गर्नुपरेको भन्दै सिरहाको लहानमा अधिकारकर्मी तथा अभियानकर्मीहरूले प्रदर्शन गरेका छन्। माइतीघरमा विगत १५४ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ सत्यग्रह धर्ना सञ्चालन गर्दै आएकी…

पुरा पढ्नुहोस्

सप्तरीमा भव्य रूपमा मनाइयो संविधान तथा राष्ट्रिय दिवस

रामनाथ राम राजविराज,४ असोज । जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा राजविराजमा सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, नागरिक समाज, युवा तथा विभिन्न समुदायको सहभागितामा र्‍याली निकालिएको हो। र्‍यालीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको सहभागिता थियो। त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता,…

पुरा पढ्नुहोस्

अस्पतालको गेटबाहिर सुत्केरी प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाही माग्दै प्रदर्शन

समता खवर सम्बादाता । राजबिराज, ३१ भदौ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर सुत्केरी हुनुपरेको भनिएको बबिता पासवान घटनालाई लिएर संयुक्त दलित संघर्ष समिति सप्तरीले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेको छ। शिव मन्दिर परिसरबाट निकालिएको जुलुस राजविराज बजारका विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।…

पुरा पढ्नुहोस्

भुवन के. पोखरेलले जिते ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड

समता खवर सम्बादाता ।काठमाडौं, ३१ भदोै । राजधानीमा आज सम्पन्न भएको ५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड २०८३ मा सप्तरी निवासी कलाकार भुवन के. पोखरेलले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड हात पार्न सफल भएका छन्। पोखरेलले नेपाली मौलिक तीज गीत ‘कम्मरु भचौला’ बाट उक्त अवार्ड प्राप्त गरेका हुन्। अवार्ड पाएसँगै कलाकारिता क्षेत्रमा सक्रिय पोखरेलको चर्चा…

पुरा पढ्नुहोस्