दिपेन्द्र पासवान

सप्तरीका पाँच पालिकामा विभिन्न कार्यक्रम गरी मनाइयो चौथो हरवा–चरवा मुक्ति दिवस

समता खवर सम्वादाता ।सप्तरी, २ श्रावण । चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा सप्तरीका कञ्चनरूप, सुरुङ्गा, खडक, बलान–बिहुल र तिलाठी–कोइलाडीमा ¥याली, अन्तरक्रिया, दीप प्रज्वलन तथा छात्रवृत्ति वितरण कार्यक्रम गरी दिवस मनाइएको छ। जन चेतना दलित संगमको आयोजनामा कञ्चनरूप नगरपालिकामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हरवा–चरवाको लगत संकलन, परिचयपत्र वितरण, पुनस्र्थापना, श्रमिकको हक, न्यूनतम ज्याला तथा समान कामको समान…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दिपेन्द्र पासवान कुशहा, २० असार। सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरस्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपना तथा प्रमाणीकरण घोषणा कार्यक्रम–२०८३ सम्पन्न गर्दै प्रत्येक बालबालिकालाई नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाको सभाहलमा “उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता यही हो हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा…

पुरा पढ्नुहोस्

मुक्त हरवा–चरवाको अधिकार सुनिश्चित गर्न सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित ज्ञापनपत्र

समता खवर सम्बादाता। सुरुङ्गा, ४ असार । मुक्त हरवा–चरवा समुदायको न्यायपूर्ण पुनर्स्थापना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि मुक्त हरवा–चरवा अधिकार मञ्चले सोमबार सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित प्रदर्शन गर्दै नगर प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। मञ्चको आयोजनामा सुरुङ्गा नगरपालिका–४ कनकपुरबाट सुरु भएको र्‍याली विभिन्न मागसहितका प्लेकार्ड बोकेर कदमाहा बजार हुँदै नगरपालिकाको कार्यालय…

पुरा पढ्नुहोस्

विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न

“भ्रष्टाचारविरुद्ध जनआवाज र वैकल्पिक राजनीतिक संस्कार निर्माणमा जोड” रामनाथ राम राजविराज,९ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँस्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला सम्पन्न भएको छ । जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज उठाउने विषयमा विशेष जोड दिइएको…

पुरा पढ्नुहोस्

अनाथ दलित बालिकामाथि अत्याचारको आरोप : गर्भपतन गराएको भन्दै घरधनी महिला पक्राउ

समता खवर सम्बादाता ।राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि गर्भपतन गराएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी ४३ वर्षीया रिता कुमारी यादव रहेकी छन् । उनलाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राजविराजबाट…

पुरा पढ्नुहोस्

मलहनमा माविका पहिलो एसईई ब्याचका विद्यार्थी सम्मानित, नगरपालिकाभर दोस्रो उत्कृष्ट नतिजा

समता खबर संवाददाता ।कुशहा, ८ जेठ । श्री मा.वि. मलहनमाका पहिलो ब्याचका विद्यार्थी सम्मानित भएका छन् । पहिलोपटक एसईई परीक्षामा सहभागी गराएको ब्याचबाटै विद्यालयले ८६.६७ प्रतिशत नतिजासहित सुरुङ्गा नगरपालिकाभर दोस्रो स्थान हासिल गरेपछि विद्यालयले शुक्रबार सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई…

पुरा पढ्नुहोस्

तिलाठी कोइलाडीमा हराएकी महिलाको शव कोशी किनारमा फेला, हत्या आशंका

समता खवर सम्बादाता। राजविराज, ३० वैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाबाट केही दिनअघि हराएकी एक महिलाको शव कोशी नदी किनारमा फेला परेको छ। शव फेला परेसँगै स्थानीयबासीहरुमा त्रास फैलिएको छ। स्थानीय छोटु भनिने विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव सोमबार गाउँपालिका–५ अन्तर्गत ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा सडेको अवस्थामा भेटिएको प्रहरीले…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाबाटै करदाता सेवा सुरु: अब राजविराज र लहान धाउनु नपर्ने

समता खवर संवाददाताकुसाहा, ३० बैशाख। सुरुङ्गा नगरपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवाको औपचारिक शुभारम्भ गरेको छ। आन्तरिक राजस्व कार्यालय लहान र करदाता सेवा कार्यालय राजविराजसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले बुधबार देखि व्यक्तिगत र व्यापारिक प्यान (प्यान) दर्ता सेवा सुरु गरेको हो।​नगरपालिकाका अनुसार सेवा सुरु भएकै पहिलो दिन व्यक्तिगत प्यान (PPAN) लिने पहिलो व्यक्ति वडा नं….

पुरा पढ्नुहोस्

रिंकु सदाय मृत्यु प्रकरणमा अदालतको फैसला: वडासदस्यसहित १४ जनालाई कैद र जरिवाना

दिपेन्द्र पासवानसिरहा, १७ वैशाख । सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि भएको शंकास्पद मृत्यु प्रकरणमा वडा सदस्य सहित १४ जना दोषी ठहर भएका छन्।मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालत सिराहाले १० वैशाखमा सजाय निर्धारण गर्दै घटनामा संलग्न व्यक्तिहरू मात्र होइन, गाउँमै पञ्चायती बसालेर मिलापत्र गराउने प्रयास गर्नेहरूलाई समेत…

पुरा पढ्नुहोस्

वडाको माथिल्लो तल्ला भवन उद्घाटन: सुरुङ्गा–८ मा सेवाप्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा

समता खवर सम्बादाता। कुसाहा ,७ वैशाख। सुरुङ्गा नगरपालिका वडा नं. ८ मा नव-निर्मित माथिल्लो तल्लाको वडा कार्यालय भवनको शिलालेख वाचनसहित उद्घाटन सम्पन्न भएको छ। नगर प्रमुख गीता चौधरीले भवन उद्घाटन गर्दै स्थानीय तहमा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले हालको स्वास्थ्य चौकी भवन जिर्ण बन्दै गएको उल्लेख गर्दै…

पुरा पढ्नुहोस्