समता खवर सम्बादाता ।
कुशहा, ७ कार्तिक। सुरुङ्गा नगरपालिका स्तरिय जेन्जी समितिको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ। कदमाहा स्थित कभर्ड हलमा सम्पन्न बैठकले १३ सदस्यीय नगर समिति गठन गर्दै भ्रष्टाचारविरुद्धको अभियान शनिबारदेखि सुरु गर्ने निर्णय गरेको हो।
पालिका संयोजक जितेन्द्र कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १ का मुकेश कुमार चौधरी, वडा नं. २ का धर्मदेव साह, वडा नं. ३ का सुनिल भुजेल, वडा नं. ४ का प्रबिन जैसवाल, वडा नं. ५ का राजेश भाष्कर, वडा नं. ७ का शम्भु पासवान, वडा नं. ८ का शिवशंकर चौधरी, वडा नं. ९ का दिनेश चौधरी, वडा नं. १० का कृष्ण कुमार साह (कन्हैया), वडा नं. ११ का मदन चौधरी र वडा नं. २ का दिलिप चौधरी सहित १३ सदस्यीय समिति गठन गरेको हो।

बैठकले सुशासनयुक्त र भ्रष्टाचारमुक्त पालिका निर्माणलाई मुख्य लक्ष्य बनाउँदै विभिन्न निर्णयहरु गरेको छ। बैठकमा सहभागीहरूले पालिकाभित्र मौलाउँदै गएको अनियमितता, भ्रष्टाचार र सामाजिक बेतिथी विरुद्ध एकीकृत अभियान सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
समितीका संयोजक मण्डलका अनुसार शनिबारदेखि ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। उनले बैठकमा पालिकाभित्रका विविध समस्याहरुलाई संकलन गरी नगर सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी पनि भइरहेको बताए।
गत असोज २४ गते सुरुङ्गा–४ स्थित सेतीदेवी मन्दिर प्राङ्गणमा युवाहरूको भेलाले अनियमितता र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यसहित पाँच सदस्यीय समिति गठन गरेको थियो। त्यसपछि विभिन्न वडाका युवाहरुलाई समेटेर शुक्रबार बसेको विस्तारित बैठकले समितिलाई पूर्णता दिएको सहजकर्ता धर्मदेव साहले जानकारी दिए।

