बलान नदी छेउमा लुकाई राखेको २ क्विन्टलभन्दा बढी गाँजा बरामद
समता खवर सम्बादाता । कुशहा, २४ असोज । सिरहाको बलान नदी किनारमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान भगवानपुर गाउँपालिका–२ स्थित बलान नदी किनारमा लुकाइराखिएको अवस्थामा २ क्विन्टल १९ किलो ४०० ग्राम गाँजा फेला पारेको हो। सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी नरेश…

