गेटमै सुत्केरी प्रकरण : गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारी कामकाजबाट हटाइए
छानबिन समितिको अन्तिम प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट हटाउने अस्पताल प्रशासनको निर्णय समता खवर सम्बादाता। राजविराज,२६ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटनामा अस्पताल प्रशासनले कडा कदम चालेको छ। घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अस्पतालले घटनासँग सम्बन्धित ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको हो। अस्पतालले भदौ २५ गते सामाजिक सञ्जालमा…
१७ दिनदेखि बेखबर बरमझियाका चार युवा, परिवारको प्रतीक्षा कहिले टुंगिन्छ?
समता खवर सम्बादाता। सप्तरी , २६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियाका चार युवाको १७ दिन बित्न लाग्दासमेत कुनै खबर आएको छैन। रोजगारीका लागि घरबाट रसुवा पुगेका उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने जानकारी नपाउँदा परिवारजन दिनरात चिन्तामा छन्। बाढी आएको दिनदेखि मोबाइलमा आएको प्रत्येक घण्टीले परिवारमा आशा जगाउँछ,…
अस्पताल परिसरबाहिरै प्रसूति गराएको घटनामा मन्त्रालयको गम्भीर चासो, आजै छानबिन टोली राजविराज आउँदै
समता खवर सम्बादाता ।राजविराज,२५ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय छानबिन टोली आजै राजविराज प्रस्थान गर्ने भएको मन्त्रालयले जनाएको छ।…
अस्पतालको गेटमै सुत्केरी, अञ्चल स्पतालको सेवामाथि गम्भीर प्रश्न
थप परीक्षण र अरु आबश्यक पर्ने रकमको व्यवस्था गर्न भन्दै फर्काइएको परिवारको आरोप समता खवर सम्बादाता । राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक गर्भवती महिलाले अस्पतालकै गेटबाहिर सडकमा शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। घटनाले अस्पतालको आकस्मिक प्रसूति सेवा र विपन्न नागरिकप्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। राजविराज…
बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा मुसहरनिया आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
समता खवर सम्बादाता । कुशहा, २५ भदौ । नेपाली कांग्रेस सुरुङ्गा नगर कार्यसमितिले महामानव तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ। बुधबार जन्मजयन्तीको अवसरमा सुरुङ्गा नगरपालिका–८ स्थित मुसहरनिया आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी हृदय नारायण चौधरीको आर्थिक सहयोगमा विद्यालयलाई आवश्यक…
रसुवा–भोटेकोशी बाढीपीडितका लागि सप्तरी–४ बाट संकलित राहत सामग्री सरकारलाई हस्तान्तरण
समता खवर सम्बादाता । सप्तरी, १९ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले सप्तरी क्षेत्र नं. ४ बाट संकलन गरिएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। सप्तरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सीताराम साहको अगुवाइ तथा समन्वयमा सञ्चालन गरिएको राहत संकलन अभियानअन्तर्गत स्थानीय नागरिक, दाता, व्यवसायी, स्वयंसेवक तथा…
बाढीपीडितको राहतका लागि व्यवसायी खुमप्रसाद अर्यालद्वारा रु. १ करोड ५१ लाख सहयोग
राजेश भास्करलहान १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि व्यवसायी खुमप्रसाद अर्यालले रु. १ करोड ५१ लाख सहयोग गरेका छन्।शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी नेपाल ग्रुप अफ कम्पनीका सञ्चालक अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग रकम हस्तान्तरण गरेका हुन्।बाढीका कारण ठूलो…
रसुवा बाढीपीडितका लागि आसमान नेपालको ७ लाख ९ हजार सहयोग
दिपेन्द्र पासवान सप्तरी ,११ भदोै । बिपद्धमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आसमान नेपालले ७ लाख ९ हजार ७ सय ४५ रुपैयाँ सहयोग गरेको छ। संस्थाका कर्मचारीबाट संकलित रकम र आसमान नेपालको इमर्जेन्सी फन्डबाट जुटाइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए। यादवका अनुसार बाढीबाट प्रभावित तथा…
बाढीले खोस्यो आमा र छोरा : त्रिशूलीबाट आएको त्यो फोन
सप्तरी, ११ भदौ ।बुधबार साँझ। घरमा सामान्य दिनझैँ थियो। तर केहीबेरमै सप्तरीको सुरुङ्गा नगरपालिका–७, बसानपट्टीको एउटा परिवारमा सन्नाटा छायो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको खबर फैलिएसँगै कमल रामको परिवारले नुवाकोटको त्रिशूली बजारमा रहेका छोरा दुर्गानन्द रामलाई फोन गर्न थाल्यो। पटक–पटक फोन गरे, तर उताबाट कुनै जवाफ आएन। मनमा अनेक आशंका उब्जिरहेका थिए। करिब साँझ ४…
रसुवामा बाढीको वितण्डा : ४९ प्रहरी सम्पर्कविहीन, चार प्रहरी कार्यालय बगे
समता खवर सम्बादाता। काठमाडौं ,१० भदौ । रसुवामा भोटेकोशी नदीमा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण जिल्लाका चारवटा प्रहरी कार्यालय तथा सुरक्षा संरचना बगाउँदा त्यहाँ कार्यरत ४९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेंशी र मेलुङ बगाएको प्रहरी प्रधान कार्यालयनले जनाएको छ। प्रहरीका अनुसार ती…





