विद्यालयप्रतिको माया : ब्याचमेट–२०६१ ले स्थापना गर्ने सहयोगी कोष

समता खवर सम्बादाता ।
लहान ,८ कार्तिक ।
पुराना साथीबीचको आत्मीयता, रमाइलो वातावरण र विद्यालयप्रतिको माया—यी सबै एकै ठाउँमा देखियो सिराहाको गोलबजारस्थित रमणीय स्थल कुम्भिखाडीमा सम्पन्न श्री बस्तीपुर माध्यमिक बिद्यालय बस्तीपुरका एस.एल.सी ब्याचमेट–२०६१ को भव्य भेटघाट तथा पिकनिक कार्यक्रममा।

लामो समयपछि भेटिएका ब्याचमेटहरू हाँसो, गीत–संगीत, स्वादिष्ट भोजन र खेलकुदमा रमाउँदै पुराना सम्झनाहरूमा फर्किएका थिए। मस्तीपूर्ण माहोलले केवल मित्रताको न्यानोपन मात्र होइन, भविष्यमा एकता र सहकार्यका प्रतिबद्धता पनि जगाएको सहभागीहरूले बताए।

कार्यक्रमका क्रममा ब्याचमेट समूहले पूर्व विद्यालयमा सहयोगी कोष स्थापना गर्ने निर्णय गरेको छ। उक्त कोषबाट विद्यालयका सिपमूलक, सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरूमा सहयोग पु¥याउने योजना बनाइएको आयोजक समितिले जानकारी दियो।

कार्यक्रमको नेतृत्व गरेका राम पासवानले भने, “यो भेटघाट केवल रमाइलोका लागि मात्र होइन, नयाँ पुस्तालाई एकता र प्रेरणाको सन्देश दिने अवसर पनि हो।”

पिकनिकको अन्त्यमा सबै सहभागीले “एकता र सहकार्य” लाई आगामी हरेक सामाजिक तथा शैक्षिक गतिविधिको मूल मन्त्र बनाउने प्रतिज्ञा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *