जेनजी प्रदर्शनमा घाइते २५६ जना उपचाररत
आज भएको जेनजी प्रदर्शनमा २५६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा २५६ जना घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको…

