अग्नीसाइर कृष्णासरवन गापामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
समता सम्बादाता । महुली, ८ असोज। सप्तरीको अग्नीसाइर कृष्णासरवन गाउँपालिकामा प्रशासनिक विवाद बढ्दै गएको छ। बुधबार असन्तुष्ट कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा तालाबन्दी गर्दै कार्यालय अगाडि धर्ना सुरु गरेका छन्। कर्मचारीहरुले कनिष्ठ तहका अधिकृतलाई नेतृत्व दिइएको भन्दै आपत्ति जनाउँदै वरिष्ठताको आधारमा जिम्मेवारी तोक्नुपर्ने माग गरेका छन्। यसैका लागि उनीहरुले संघर्ष समिति…

