समता खबर

ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। जेन-जीको आन्दोलनमा १९ जनाको मृत्यु भएर आज आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति पौडेल नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। ‘राष्ट्रपति ज्यू संविधान अनुसार सरकार गठनको प्रक्रिया…

पुरा पढ्नुहोस्

जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ

एक जुगमा एक दिन एक चोटि आउँछ  उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ । कवि गोपालप्रसाद रिमालको कविताले भने जस्तै नेपाली इतिहासमा नयाँ युगको नयाँ दिन र नयाँ घडी आइपुगेको छ । जसले देशलाई आफ्नो पेवा र जनतालाई आफ्नो दास सम्झने पुस्तालाई नेपाली राजनीतिबाट सदा–सदाका लागि बिदा गर्दै छ । इतिहासका हरेक मोडमा परिवर्तनको नेतृत्व गर्ने विशिष्ट पुस्ता हुन्छ, आज नेपालको परिवर्तनको…

पुरा पढ्नुहोस्

एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी

सिरहा — नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । श्रेष्ठको चोहर्वास्थित घरमा आन्दोलनकारी आगजनी गरेका हुन् । आगजनीबाट उनको घर र घरसँगै रहेको लीला बिडी फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । घरमा राखिएका एउटा कार र ट्याक्टर पनि जलेको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरू श्रेष्ठ र उनको परिवारलाई खोजिरहेको छ भने…

पुरा पढ्नुहोस्

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड

काठमाडौँ — उग्र रुप लिएको जेन–जी आन्दोलनले जिल्ला प्रशासन, त्रियुगा नगरपालिका, मालपोत, जिल्ला अदालत, खानेपानी कार्यालय, नापी कार्यालय, सिँचाइ, गाईघाट दिक्तेल सडक आयोजना, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय गाईघाट, नेपाल टेलिकम, कर्मचारी मिलन केन्द्र, शिक्षा विकास तथा समन्वय ईकाईमा तोडफोड गरेका हुन् । करिब ३ हजार युवाहरुको भीडले सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि अवस्था तनावपूर्ण…

पुरा पढ्नुहोस्

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड

सुनसरी — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् । इटहरीमा जारी कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मन्त्री भण्डारीको इटहरीस्थित घरमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडिको गेट तोडफोड गरेका हुन् । आक्रोशित हुँदै आएको ठूलो भीडले तोडफोड गरी आगो…

पुरा पढ्नुहोस्

कोशी प्रदेश मुख्यमन्त्री कार्यालय आन्दोलनकारीको नियन्त्रणमा, तोडफोड सुरु

विराटनगर — जेन–जी आन्दोलन उग्र बन्दै गएसँगै विराटनगरस्थित कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा पनि आन्दोलनकारीले नियन्त्रण कायम गरी तोडफोड सुरु गरेका छन्। प्रदेशसभा भवनमा भीषण आगजनीपछि आक्रोशित प्रदर्शनकारीको ठूलो समूह मुख्यमन्त्री कार्यालयतर्फ अघि बढेको थियो। प्रहरीको बलियो सुरक्षा घेरा तोड्दै उनीहरू भवनभित्र प्रवेश गरेका हुन्। आन्दोलनकारीले कार्यालयभित्रका फर्निचर, कागजात, उपकरण र झ्यालढोकामा तोडफोड सुरु गरेका छन्।…

पुरा पढ्नुहोस्

सिंहदरबारभित्रै प्रवेश गरे प्रदर्शनकारीहरू

प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन्। उनीहरू गेट तोडेर प्रवेश गरेका हुन्। मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश गरेका हुन्।

पुरा पढ्नुहोस्

राप्रपाका सबै ४२ जना सांसदद्वारा सामूहिक राजीनामा

राप्रपाका सबै ४२ जना सांसदद्वारा सामूहिक राजीनामा दिएका छन्। हिजो भएको सरकारी दमनको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।

पुरा पढ्नुहोस्

काठमाडौंमा बिहानैदेखि कफ्र्यू आदेश लागू

समता खबर सम्बादाताकाठमाडौं, साउन २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ८ः३० बजेदेखि काठमाडौं महानगरपालिका भित्रका केही क्षेत्रलाई कफ्र्यू आदेशमार्फत निषेधित क्षेत्र घोषणा गरेको छ । आफ्नो सुरक्षासम्बन्धी जिम्मेवारी अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले एक आदेश जारी गरी तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति वा समूहले हिँडडुल गर्न, सभा–जुलुस, प्रदर्शन, बैठक वा घर बाहिर ननिस्कन…

पुरा पढ्नुहोस्

गृहमन्त्री लेखकले दिए राजीनामा

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै…

पुरा पढ्नुहोस्