सप्तरीमा दलित सरोकार मञ्चको १०औं वार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर (सप्तरी), २१ भदौ। सप्तरीको कञ्चनरुप
नगरपालिका–८ स्थित दलित सरोकार मञ्च नेपाल, सप्तरीको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।


शनिबार मञ्चको सभाहलमा अध्यक्ष शिवप्रसाद मण्डल सरवरियाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगतिविवरण तथा चालु आ.व. २०८१/८२ को प्रस्तावित कार्यक्रम पारित गरिएको हाे । त्यस्तै कार्यसमितिको तर्फबाट कोषाध्यक्ष कुशै सदाले पेश गर्नुभएको २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पनि सर्वसम्मत पारित गरियो।


साे मञ्चले साधारणसभामा आगामी कार्ययोजना सार्वजनिक गर्दै गरिब, सीमान्तीकृत तथा दलित समुदायको पारिवारिक विवरण तथा नागरिकता अभिलेख संकलन गर्ने, मतदाता नामावलीमा नाम छुटेकाहरू, जन्म, मृत्यु तथा बसाइँसराइको अवस्था अध्ययन गर्ने योजना ल्याएको हाे। साथै, दलित विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने, समुदायको अधिकारसम्बन्धी तथ्यमा आधारित अध्ययन प्रतिवेदन तथा पुस्तक प्रकाशन गर्ने र मञ्चको आपनो १०औं वार्षिकोत्सव भव्य रूपमा मनाउने निर्णय गरिएको हाे।


साे साधारणसभा मञ्चका अध्यक्ष शिवप्रसाद मण्डल सरवरियाको अध्यक्षतामा सम्पन्न भएको हो। साधारणसभामा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले मञ्चको आगामी कार्यदिशा र मार्गनिर्देशनबारे आफ्ना विचार प्रस्तुत गरेका थिएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *