आज भएको जेनजी प्रदर्शनमा २५६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा २५६ जना घाइतेहरूको उपचार भइरहेको छ।
मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।
ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ।
वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ।
एभरेष्ट अस्पतालमा ३४ जनाको उपचार भइरहेको छ। अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ।
पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्।
काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३२ जनाको उपचार भइरहेको छ। केएमसी अस्पतालमा उपचाररत ६ जना शल्यक्रिया गर्नुपर्ने गम्भीर बिरामी छन्।
त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ।
नर्भिक अस्पतालमा ३ जना घाइते छन्।
कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ।
झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।

