खडक नगरपालिकामा शिक्षक आन्दोलित, चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी
समता खबर सम्बादाताकुशहा, २२ असोज । दशैंजस्तो ठूलो चाडमा समेत तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकाका शिक्षक आन्दोलित बनेका छन्। उनीहरूले चार महिनासम्म तलब नदिइ आफूहरूलाई “भोको पेटले काम गर्न बाध्य” बनाइएको आरोप लगाउँदै बुधबार नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका हुन्। तलब रोकिएको विरोधमा शिक्षकहरूले नगरभित्रका विद्यालयहरूमा पठनपाठन ठप्प पारेका छन्। उनीहरूले बिहीबारदेखि नै नगरपालिका…

