सुरुङ्गा नगरपालिका सप्तरीमा प्रथम, मधेश प्रदेशमा तेस्रो
सप्तरी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को गुणस्तर परीक्षण सम्पन्न गरी सार्वजनिक गरेको नतिजामा सुरुङ्गा नगरपालिका जिल्लामै पहिलो र प्रदेशस्तरमा तेस्रो स्थानमा परेको छ। मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार सुरुङ्गा नगरपालिकाले ७७ अंक प्राप्त गरेको हो। स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, सुशासन र…

