हेडलाइनहरू

विद्यालयप्रतिको माया : ब्याचमेट–२०६१ ले स्थापना गर्ने सहयोगी कोष

समता खवर सम्बादाता ।लहान ,८ कार्तिक । पुराना साथीबीचको आत्मीयता, रमाइलो वातावरण र विद्यालयप्रतिको माया—यी सबै एकै ठाउँमा देखियो सिराहाको गोलबजारस्थित रमणीय स्थल कुम्भिखाडीमा सम्पन्न श्री बस्तीपुर माध्यमिक बिद्यालय बस्तीपुरका एस.एल.सी ब्याचमेट–२०६१ को भव्य भेटघाट तथा पिकनिक कार्यक्रममा। लामो समयपछि भेटिएका ब्याचमेटहरू हाँसो, गीत–संगीत, स्वादिष्ट भोजन र खेलकुदमा रमाउँदै पुराना सम्झनाहरूमा फर्किएका थिए। मस्तीपूर्ण माहोलले…

पुरा पढ्नुहोस्

सुरुङ्गामा जेन्जीको विस्तारित बैठक सम्पन्न, भोलीदेखि भ्रष्टाचारविरुद्ध अभियान

समता खवर सम्बादाता । कुशहा, ७ कार्तिक। सुरुङ्गा नगरपालिका स्तरिय जेन्जी समितिको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ। कदमाहा स्थित कभर्ड हलमा सम्पन्न बैठकले १३ सदस्यीय नगर समिति गठन गर्दै भ्रष्टाचारविरुद्धको अभियान शनिबारदेखि सुरु गर्ने निर्णय गरेको हो। पालिका संयोजक जितेन्द्र कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १ का मुकेश कुमार चौधरी, वडा नं….

पुरा पढ्नुहोस्

मलहनमामा छठी मैया पूजा समिती गठन

समता खवर सम्बादाता । सुरुङ्गा, ४ कार्तिक । आगामी छठ पर्वलाई लक्षित गरी सुरुङ्गा नगरपालिका–८, मलहनमा पश्चिम टोलमा छठी मैया पूजा समिती गठन गरिएको छ । स्थानीय युवा, भद्रभलाद्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थितिमा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो । बैठकको अध्यक्षता सुरुङ्गा नगरपालिकाका प्रवक्ता एवं युवा नेता शिव दर्शन पासवानले गरेका थिए…

पुरा पढ्नुहोस्

दक्षिण एसियाली एथलेटिक्सका लागि नेपाली टोली भारत प्रस्थान तयारीमा

समता खवर सम्बादाता । काठमाण्डौं, ३ कार्तिक । भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई सोमबार औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको छ। भारतको झारखण्ड राज्यस्थित राँचीमा यही अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालका खेलाडीहरू विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडी…

पुरा पढ्नुहोस्

तिहार र छठमा आतिशबाजी र मदिरा दुरुपयोगमा नियन्त्रण गर्न प्रशासनको अनुरोध

राजविराज, २ कार्तिक । आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै सस्र्मी जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी दुर्गाराज पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि २०८२ सालको शुभ दिपावली (तिहार), नेपाल सम्बत र छठ पर्वको अवसरमा सबैले मर्यादित र सभ्य ढङ्गले…

पुरा पढ्नुहोस्

बिष्णुपुर गाउँपालिका–३ मा करेन्ट लागेर एक शिक्षकको मृत्यु।

समता खवर सम्बादाता सप्तरी, १ असोज — सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–३, मुसहर्नियामा करेन्ट लागेर एक जना शिक्षकको दुखद निधन भएको छ। समाजसेवी तथा जनसहयोगी हरि मण्डलका छोरा ३५ वर्षीय दिलीप मण्डलको शनिबार राती करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय स्रोतका अनुसार, दिलीप मण्डलले घोरदहन नदीबाट आफ्नो खेतमा पानी हाल्न मोटर जडान गरी सिंचाइ गर्ने क्रममा…

पुरा पढ्नुहोस्

श्री धाँती युवा क्लबको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

राजेश भाष्कर ।कुशहा २ कार्तिक । चाडपर्वलाई स्वच्छ र सुरक्षित वातावरणमा मनाउने सन्देश दिनुका साथै स्थानीयवासीमा सरसफाइप्रति चेतना फैलाउने उदेश्य सहित आईतवार सप्तरीको सुरुङ्गा नगरपालिका–८ धाँती बजार समसेपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।श्री धाँती युवा क्लबको आयोजनामा संचालित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरू र बौद्धिक वर्गको सक्रिय सहभागितामा कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको वडा…

पुरा पढ्नुहोस्

बाेदे बर्साइनमा मन्दिरका पुजारीको गोली हानी हत्या

समता खबर सम्बादाता बोदेबर्साइन, २ कार्तिक । बोदेबर्साइन, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात व्यक्तिबाट गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति मन्दिर परिसरमै गोली लागेर ७० वर्षीय पुजारी रामदुलार साहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी डम्बर बहादुर पुरीका अनुसार साह आफ्नै…

पुरा पढ्नुहोस्

पत्रकारमाथिको दुर्व्यवहार ढाकछोपको खेल : सत्ताको दबाबमा वक्तव्यको नाटक

समता खवर सम्बादाता । कञ्चनरुप (सप्तरी), कात्तिक १ । पत्रकार अनिश शेखमाथि दुर्व्यवहार भएको स्वीकार गरेको तीन दिन नबित्दै कञ्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ताले त्यस घटनालाई ‘निराधार’ दाबी गर्ने विज्ञप्ति आफु र आफ्नै पार्टीको भातृसंगठनबाट जारी गराएको आरोप लागेको छ। घटनालाई ढाकछोप गर्ने राजनीतिक प्रयासको रूपमा लिइएको यो कदमले स्थानीय तहमा प्रेस स्वतन्त्रता, जिम्मेवार…

पुरा पढ्नुहोस्

जेन्जी आन्दोलन : आशाको अंकुर कि निराशाको आरम्भ?

नेपालमा २०८२ भदौ २३ र २४ गतेको ऐतिहासिक ठूलो बलिदानी जेन्जी आन्दोलनको प्रतिफल संदिग्ध हुँदा वर्तमान विषम परिस्थितीमा सिङ्गो मुलुक अहिले प्रसव पीडाकालबाट गुज्रिरहेको छ। आन्दोलनबाट निर्मित शुशीला कार्की सरकारको काम-कारबाही र उनको पहिलेका वक्तव्य बीच एकरुपमा नहुँदा स्वयं जेन्जीहरुले आफ्ना असंतुष्टि व्यक्त गर्दै आफुहरू ठगिएका अनुभव गरिरहेका छन्। तिनीहरूका मांग-मुद्दा एवं एजेण्डाहरू प्रष्ट रुपमा…

पुरा पढ्नुहोस्