हेडलाइनहरू

भुक्तानीमा कमिसन मागेको आरोपमा सप्तरीको भेटेरिनरी कार्यालय प्रमुखसहित चालक अख्तियारको नियन्त्रणमा

समता खवर सम्बादाता। राजविराज, २२ असार । भ्याक्सिनेटरहरूबाट भुक्तानी रकमको २० प्रतिशतसम्म कमिसन (घुस) मागेको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दिपेन्द्र पासवान कुशहा, २० असार। सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरस्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपना तथा प्रमाणीकरण घोषणा कार्यक्रम–२०८३ सम्पन्न गर्दै प्रत्येक बालबालिकालाई नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाको सभाहलमा “उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता यही हो हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा…

पुरा पढ्नुहोस्

सप्तरीमा दुई राउन्ड गोलीसहित दुई युवा पक्राउ, अनुसन्धान जारी

सप्तरी, १२ असार। सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका–३ निवासी ३२ वर्षीय सुभाष कुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार दिउँसो करिब ४ बजे बलान बिहुल गाउँपालिका–३ अन्तर्गत टिकुलिया–बेल्ही सडक खण्डमा रहेको बाँसको…

पुरा पढ्नुहोस्

मुक्त हरवा–चरवाको अधिकार सुनिश्चित गर्न सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित ज्ञापनपत्र

समता खवर सम्बादाता। सुरुङ्गा, ४ असार । मुक्त हरवा–चरवा समुदायको न्यायपूर्ण पुनर्स्थापना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि मुक्त हरवा–चरवा अधिकार मञ्चले सोमबार सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित प्रदर्शन गर्दै नगर प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। मञ्चको आयोजनामा सुरुङ्गा नगरपालिका–४ कनकपुरबाट सुरु भएको र्‍याली विभिन्न मागसहितका प्लेकार्ड बोकेर कदमाहा बजार हुँदै नगरपालिकाको कार्यालय…

पुरा पढ्नुहोस्

विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न

“भ्रष्टाचारविरुद्ध जनआवाज र वैकल्पिक राजनीतिक संस्कार निर्माणमा जोड” रामनाथ राम राजविराज,९ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँस्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला सम्पन्न भएको छ । जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज उठाउने विषयमा विशेष जोड दिइएको…

पुरा पढ्नुहोस्

अनाथ दलित बालिकामाथि अत्याचारको आरोप : गर्भपतन गराएको भन्दै घरधनी महिला पक्राउ

समता खवर सम्बादाता ।राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि गर्भपतन गराएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी ४३ वर्षीया रिता कुमारी यादव रहेकी छन् । उनलाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राजविराजबाट…

पुरा पढ्नुहोस्

मलहनमा माविका पहिलो एसईई ब्याचका विद्यार्थी सम्मानित, नगरपालिकाभर दोस्रो उत्कृष्ट नतिजा

समता खबर संवाददाता ।कुशहा, ८ जेठ । श्री मा.वि. मलहनमाका पहिलो ब्याचका विद्यार्थी सम्मानित भएका छन् । पहिलोपटक एसईई परीक्षामा सहभागी गराएको ब्याचबाटै विद्यालयले ८६.६७ प्रतिशत नतिजासहित सुरुङ्गा नगरपालिकाभर दोस्रो स्थान हासिल गरेपछि विद्यालयले शुक्रबार सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई…

पुरा पढ्नुहोस्

तिलाठी कोइलाडीमा हराएकी महिलाको शव कोशी किनारमा फेला, हत्या आशंका

समता खवर सम्बादाता। राजविराज, ३० वैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाबाट केही दिनअघि हराएकी एक महिलाको शव कोशी नदी किनारमा फेला परेको छ। शव फेला परेसँगै स्थानीयबासीहरुमा त्रास फैलिएको छ। स्थानीय छोटु भनिने विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव सोमबार गाउँपालिका–५ अन्तर्गत ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा सडेको अवस्थामा भेटिएको प्रहरीले…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाबाटै करदाता सेवा सुरु: अब राजविराज र लहान धाउनु नपर्ने

समता खवर संवाददाताकुसाहा, ३० बैशाख। सुरुङ्गा नगरपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवाको औपचारिक शुभारम्भ गरेको छ। आन्तरिक राजस्व कार्यालय लहान र करदाता सेवा कार्यालय राजविराजसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले बुधबार देखि व्यक्तिगत र व्यापारिक प्यान (प्यान) दर्ता सेवा सुरु गरेको हो।​नगरपालिकाका अनुसार सेवा सुरु भएकै पहिलो दिन व्यक्तिगत प्यान (PPAN) लिने पहिलो व्यक्ति वडा नं….

पुरा पढ्नुहोस्

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका ५ फरार प्रतिवादी पक्राउ

समता खबर संवाददाता ।राजविराज, २४ वैशाख । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो ।प्रहरीका अनुसार २०८२ वैशाख १० गते सिरहाको लहान नगरपालिका–१० बस्ने ४७ वर्षीय मो. सदाम र ६० वर्षीय…

पुरा पढ्नुहोस्