दक्षिण एसियाली एथलेटिक्सका लागि नेपाली टोली भारत प्रस्थान तयारीमा

समता खवर सम्बादाता ।

काठमाण्डौं, ३ कार्तिक । भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई सोमबार औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको छ।

भारतको झारखण्ड राज्यस्थित राँचीमा यही अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालका खेलाडीहरू विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडी टोलीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमार्फत देशको गौरव बढाउने अपेक्षा व्यक्त गरे।

घिसिङले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र प्रतिबद्धताका साथ खेल्न सुझाव दिँदै भने, “एथलेटिक्स नेपालको मूल खेल हो, त्यसैले तपाईंहरू सबैले देशको सम्मान उच्च राख्ने प्रदर्शन गर्नुहोस्।”

प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन्।

टिममा प्रशिक्षकका रूपमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापक दिपेन्द्रकुमार गोइत तथा अफिसियल अनिरुद्र चौधरी रहेका छन्।

नेपाल एथलेटिक्स संघका अनुसार टोली मंगलबार बिहान भारत प्रस्थान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *