समता खबर

१५ वर्षीय सुभाष सदा र ८ वर्षीया बहिनी निभा सदाको सहारा बनिन् डा. बबी सिंह

समता खबर सम्बाददाता ।सप्तरी, ९ असोज । रसुवामा आएको बाढीमा बुबा बेपत्ता भएपछि सहारा धधविहीन बनेका सप्तरीको राजविराज नगरपालिका–१६ का १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी निभा सदाको सहारा समाजसेवी डा. बबी सिंह बनेकी छन्। मजदुरीका लागि रसुवा पुगेका उनीहरूका बुबा बेचन सदा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हुन्।…

पुरा पढ्नुहोस्

लालु प्रसाद अग्रवालको अध्यक्षतामा सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

समता खवर सम्बादाता।राजबिराज,६ असोज |लालु प्रसाद अग्रवालको अध्यक्षतामा सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। आगामी असोज १० गते निर्वाचन हुने तय भए पनि वाणिज्य उपाध्यक्ष र महासचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन प्रक्रिया नै नगरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।अध्यक्षसहित अधिकांश पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको थियो। वाणिज्य…

पुरा पढ्नुहोस्

सप्तरीको सुरुङ्गामा श्री दलित जनता आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघ गठन

सुरुङ्गा, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७, पोखरियामा अवस्थित श्री दलित जनता आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघ गठन गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक विशेष भेलाले दुवै समितिको सर्वसम्मत चयन गरेको हो। उक्त भेलामा सुरुङ्गा नगरपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति भोगेन्द्र यादव र सुरुङ्गा नगरपालिका वडा नम्बर…

पुरा पढ्नुहोस्

स्वास्थ्य बीमा सेवा अब अनलाइन, आबद्धता र नवीकरण घरबाटै गर्न सकिने

समता खवरकाठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ । बोर्डका अनुसार २०८३ वैशाख १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्य विद्युतीय प्रणालीमार्फत गर्न सकिने व्यवस्था लागू गरिएको…

पुरा पढ्नुहोस्

लहान आन्तरिक राजस्व कार्यालयका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ

समता खवर सम्बादाता । लहान, ७ साउन ।आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कार्यालय परिसरबाटै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार, सिरहा सुपर मार्केट प्रालिको आर्थिक…

पुरा पढ्नुहोस्

सप्तरी कारागारमा चौकिदार नियुक्तिमा लाखौँको चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

समता खवर सम्बादाता।राजविराज , ५ साउन । सप्तरी कारागारमा चौकिदार नियुक्ति तथा सरुवाका क्रममा लाखौँ रुपैयाँको आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएपछि कारागार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। कैदीबन्दी तथा स्रोतहरूले चौकिदार नियुक्तिमा आर्थिक प्रभाव, पहुँच र अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्रोतका अनुसार २०७९ देखि २०८१ सालसम्म सप्तरी कारागारमा…

पुरा पढ्नुहोस्

मिटरब्याज पीडित र नेपाल सरकारबीच ९ बुँदे सहमति, फर्जी तमसुक, दृष्टिबन्धक लगायत जालसाजीपूर्ण लिखत खारेज हुने

समता खवर सम्बादाता काठमाण्डौं, १ साउन । मिटरब्याज पीडित र नेपाल सरकारबीच ९ बुँदे सहमति भएपछि नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको वार्ता पछि भएको सहमतिमा दुवै पक्षले हस्ताक्षर गर्दै सम्झौता तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमति अनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा कानुनी मान्यता…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाले मेला–महोत्सव तथा शुभकामना कार्यक्रममा झण्डै ६ लाख खर्च, महालेखाले उठायो प्रश्न

सप्तरी । सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मेला, महोत्सव, पूजा तथा शुभकामना कार्यक्रममा रु. ५ लाख ९८ हजार ४ सय खर्च गरेको पाइएको छ। तर उक्त खर्चको पुष्ट्याइँ हुने आवश्यक कागजात पेश नभएको भन्दै महालेखापरीक्षकको कार्यालयले खर्चको औचित्यमाथि प्रश्न उठाएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) ले सार्वजनिक…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिकाको वित्तीय व्यवस्थापनमा प्रश्न, १७ करोडभन्दा बढी बेरुजु

सप्तरी। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले सप्तरीको सुरुङ्गा नगरपालिकाको वित्तीय व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकामा हाल १७ करोड ३ लाख ५९ हजार ८०६ रुपैयाँ बेरुजु कायम रहेको छ। महालेखा परीक्षकले नगरपालिकाको वित्तीय विवरणमा कैफियतसहितको राय (Qualified Opinion) दिएको छ। प्रतिवेदनमा नगरपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामानअनुसार तयार गर्नुपर्ने…

पुरा पढ्नुहोस्

भुक्तानीमा कमिसन मागेको आरोपमा सप्तरीको भेटेरिनरी कार्यालय प्रमुखसहित चालक अख्तियारको नियन्त्रणमा

समता खवर सम्बादाता। राजविराज, २२ असार । भ्याक्सिनेटरहरूबाट भुक्तानी रकमको २० प्रतिशतसम्म कमिसन (घुस) मागेको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा…

पुरा पढ्नुहोस्