सिकाइ उपलब्धि सुधारमा योगदान दिने व्यक्तित्व सम्मानित
शम्भु पासवान कुशहा, ३० चैत्र । सुरुङ्गा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय मलहनमाले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। विद्यालयले सोमबार आयोजना गरेको सिकाइ आदान–प्रदान कार्यक्रममा स्थानीय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम कुमार महराले विद्यालयको समग्र सिकाइ उपलब्धि सन्तोषजनक…

