समता खबर

तेस्रो सुरुङ्गा कप फुटबल प्रतियोगिता सुरु, सुरुङ्गा–२ हर्दियाको विजयी सुरुवात

समता खबर संवाददातासुरुङ्गा (सप्तरी), २१ कात्तिक ।सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा आयोजना गरिएको तेस्रो सुरुङ्गा कप २०८२ खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले गर्नुभएको हो। सुरुङ्गा युवा क्लबको आयोजनामा श्रीपुर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिरहाको बानो फुटबल क्लब र सप्तरीको हर्दिया फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।…

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्दै आएका तीन जना पक्राउ

समता खवर सम्बादाताकाठमाण्डौ, २० कार्तिक । फेसबुकमार्फत विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन देखाएर सर्वे लिंकमा क्लिक गराइ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित छायाँ कम्प्लेक्स नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ नर्सरीको ४० वर्र्षीय राजन गिरी, ओखलढुंगा…

पुरा पढ्नुहोस्

कनकपुरमा तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

समता खवर सम्बादाता ।कुशहा, २० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरिएको तीनदिने अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा आयोजित‘सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बद्र्धनमा युवा अभियान र विद्यालयस्तरमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भएका क्रियाकलापहरूको लेखाजोखा तथा स्थानीय तहमा राष्ट्रिय कार्यढाँचा विषयक अभिमुखीकरण’ कार्यक्रम कार्तिक…

पुरा पढ्नुहोस्

सांस्कृतिक सम्पदा संरक्षणमा युवाको पहल: तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु

समता खवर सम्बादाता ।कुशहा, १८ कार्तिक । स्थानीय युवाको नेतृत्वमा सांस्कृतिक सम्पदा संरक्षण र दिगो विकास लक्ष्यलाई विद्यालयस्तरमै जोड्ने उद्देश्यसहित सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। ‘सांस्कृतिक सम्पदा (भौतिक र अभौतिक) संरक्षण तथा सम्बद्र्धनमा युवा अभियान र विद्यालयस्तरमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भएका क्रियाकलापहरूको लेखाजोखा तथा स्थानीय…

पुरा पढ्नुहोस्

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष चौधरीले राजिनामा दिए

कुशहा, कार्तिक १८ —अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनले विभिन्न कारणवश गाउँपालिकाको अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ भएको भन्दै असोज ५ गते राजिनामा पत्र बुझाएका थिए। राजिनामा पत्रमा उनले लेखेका छन्, “म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वेच्छाले आजकै मितिदेखि लागू हुने…

पुरा पढ्नुहोस्

इलेक्ट्रोनिक सामानसहित २३ लाख रुपैयाँ बरामद, दुई जना प्रहरी नियन्त्रणमा

कुशहा — प्रहरीले स्रोत नखुलेको करिब २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाई रहेका छन्। सगरमाथा राजमार्ग हुँदै कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको गाडीलाई सुरुङ्गा नगरपालिका–२ मा शुक्रबार राति करिब ९ बजे चेकजाँच गर्दा…

पुरा पढ्नुहोस्

अस्ताउँदो सूर्यलाई अर्घदिँदै छठीमाताको पूजा भव्यरूपमा मनाइयो

शम्भु पासवान पोखरिया, १० कार्तिक –प्रदेशभर अस्ताउँदै गरेको सूर्यदेवतालाई अर्घ दिँदै छठी माताको पूजा भव्य रूपमा मनेइएको छ । प्रदेशका विभिन्न नदी किनार, ताल र पोखरीमा श्रदालु भक्तजनहरुले  पुराना परम्परा अनुसार पूजा गरेका छन् । चार दिनसम्म चल्ने व्रत–उपवास पूरा गरेपछि भक्तजनहरूले साँझको अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन । परम्पराअनुसार महिलाहरूले विशेष पोशाकमा उखु,…

पुरा पढ्नुहोस्

तिहार र छठमा आतिशबाजी र मदिरा दुरुपयोगमा नियन्त्रण गर्न प्रशासनको अनुरोध

राजविराज, २ कार्तिक । आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै सस्र्मी जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी दुर्गाराज पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि २०८२ सालको शुभ दिपावली (तिहार), नेपाल सम्बत र छठ पर्वको अवसरमा सबैले मर्यादित र सभ्य ढङ्गले…

पुरा पढ्नुहोस्

बिष्णुपुर गाउँपालिका–३ मा करेन्ट लागेर एक शिक्षकको मृत्यु।

समता खवर सम्बादाता सप्तरी, १ असोज — सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–३, मुसहर्नियामा करेन्ट लागेर एक जना शिक्षकको दुखद निधन भएको छ। समाजसेवी तथा जनसहयोगी हरि मण्डलका छोरा ३५ वर्षीय दिलीप मण्डलको शनिबार राती करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय स्रोतका अनुसार, दिलीप मण्डलले घोरदहन नदीबाट आफ्नो खेतमा पानी हाल्न मोटर जडान गरी सिंचाइ गर्ने क्रममा…

पुरा पढ्नुहोस्

पत्रकारमाथि गरेको दुर्व्यवहारको घटनामा मेयर गुप्ता लगायत आठ जनामाथि अनुसन्धान सुरु

समता खवर सम्बादाता ।कुशहा,२९ असोज । सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता र नगर प्रहरीसहित आठ जनामाथि पत्रकारमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ। पत्रकार अनिश शेखले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गर्दै मेयर गुप्ता लगायतले आफूलाई जातीय आधारमा अपमान गर्दै शारीरिक रूपमा आक्रमण गरेको दाबी…

पुरा पढ्नुहोस्