नेपाल नागरिक उड्डयन प्राधिकरणको चेतावनीः तोकिएको भन्दा बढी हवाई भाडा असुल्नेलाई कारबाही
समता सम्बादाता । काठमाडौं, असोज १६ । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले दशैं, तिहार र छठ जस्ता ठूलो चाडपर्वको समयमा हवाई टिकटको अत्याधिक मागलाई ध्यानमा राख्दै यात्रुहरुलाई बढी भाडा असुल्ने वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । प्राधिकरणले नेपाल सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा बढी रकम लिई टिकट विक्री…

