जेनजी आन्दोलनबारे सत्य पत्ता लगाउन बनेको जाँचबुझ आयोगका अध्यक्ष स्वयं विवादमा
समता खवर सम्बादाता । काठमाडौँ, १४ असोज । जेनजी आन्दोलनबारे सत्य पत्ता लगाउन बनेको जाँचबुझ आयोग स्वयं विवादमा तानिएको छ। अध्यक्ष गौरीबहादुर कार्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आन्दोलनलाई समर्थन गर्ने अभिव्यक्ति दिएपछि उनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको हो। कार्कीले ट्वीटमार्फत “जेनजी आन्दोलन सफल भयो” भन्दै बालेन्द्र साहको नेतृत्वमा नयाँ नेपालको मार्गचित्र बनाउनुपर्ने उल्लेख गरेका छन्। उनले…

