सप्तरीमा समग्र सेवा केन्द्रको प्रथम जिल्ला अधिवेशन सम्पन्न
शम्भु पासवान सप्तरी, ११ कार्तिक । खडक नगरपालिका अन्तर्गत खर्चुहियामा मंगलबार समग्र सेवा केन्द्रको प्रथम जिल्ला अधिवेशन तथा घोषणा समारोह सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष सियाराम पासवानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा समग्र सेवा केन्द्रका केन्द्रीय अध्यक्ष मोहन पासवान उपस्थित थिए। विशिष्ट अतिथिमा केन्द्रकी महासचिव लक्ष्मी के.सी., केन्द्रीय उपाध्यक्ष संजय यादव,…

