जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

पुरा पढ्नुहोस्

बालेनले भने : सेना प्रमुखसँग वार्ताका लागि तयार हुनुहोस् तर त्यसअघि संसद् विघटन हुनुपर्छ

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी समूहले नै अब देशको नेतृत्व गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर बालेनले सेना प्रमुखसँग समेत वार्ताका लागि तयार हुन आग्रह गरेका छन् ।  त्यस्तै वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बालेनले बताएका छन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् – वार्ता गर्नु…

पुरा पढ्नुहोस्

सिरहाका मेयरको घर आन्दोलनकारीको कब्जामा

सिरहा — मेयर यादवको सिरहास्थित घर आन्दोलनकारीले कब्जा गरी तोडफोड गरेका हुन् । जसका कारण घरमा क्षति पुगेको छ । आन्दोलनकारी घरसम्म आउन सक्ने आकलन गरेर मेयर यादव भने परिवारसहित घर छाडेर पहिल्यै हिँडिसकेका छन् ।

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व कार्यालय वीरगन्ज कार्यालयमा आगजनी

पर्सा — वीरगन्ज महानगरमा मंगलबार कर्फ्युका बीच जेन जी प्रदर्शनकारीले प्रदर्शनलाई तीव्र बनाएका छन् । यस क्रममा उनीहरुले मंगलबार दिउँसो करिब २ बजे वीरगन्जको घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले कार्यालय परिसर र कार्यालय मूलगेटमा पनि केही सवारी साधनमा आगजनी गरेका छन् ।

पुरा पढ्नुहोस्

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयमा तोडफोड 

काठमाडौँ — जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालत र महान्मायायाधीवक्ता कार्यालयमा समेत  तोडफोड गरेका छन् ।  मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठूलो क्षति पुर्‍याएको सर्वोच्च अदालतका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

पुरा पढ्नुहोस्

ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। जेन-जीको आन्दोलनमा १९ जनाको मृत्यु भएर आज आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति पौडेल नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। ‘राष्ट्रपति ज्यू संविधान अनुसार सरकार गठनको प्रक्रिया…

पुरा पढ्नुहोस्

जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ

एक जुगमा एक दिन एक चोटि आउँछ  उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ । कवि गोपालप्रसाद रिमालको कविताले भने जस्तै नेपाली इतिहासमा नयाँ युगको नयाँ दिन र नयाँ घडी आइपुगेको छ । जसले देशलाई आफ्नो पेवा र जनतालाई आफ्नो दास सम्झने पुस्तालाई नेपाली राजनीतिबाट सदा–सदाका लागि बिदा गर्दै छ । इतिहासका हरेक मोडमा परिवर्तनको नेतृत्व गर्ने विशिष्ट पुस्ता हुन्छ, आज नेपालको परिवर्तनको…

पुरा पढ्नुहोस्

एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी

सिरहा — नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । श्रेष्ठको चोहर्वास्थित घरमा आन्दोलनकारी आगजनी गरेका हुन् । आगजनीबाट उनको घर र घरसँगै रहेको लीला बिडी फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । घरमा राखिएका एउटा कार र ट्याक्टर पनि जलेको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरू श्रेष्ठ र उनको परिवारलाई खोजिरहेको छ भने…

पुरा पढ्नुहोस्

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड

काठमाडौँ — उग्र रुप लिएको जेन–जी आन्दोलनले जिल्ला प्रशासन, त्रियुगा नगरपालिका, मालपोत, जिल्ला अदालत, खानेपानी कार्यालय, नापी कार्यालय, सिँचाइ, गाईघाट दिक्तेल सडक आयोजना, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय गाईघाट, नेपाल टेलिकम, कर्मचारी मिलन केन्द्र, शिक्षा विकास तथा समन्वय ईकाईमा तोडफोड गरेका हुन् । करिब ३ हजार युवाहरुको भीडले सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि अवस्था तनावपूर्ण…

पुरा पढ्नुहोस्

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड

सुनसरी — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् । इटहरीमा जारी कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मन्त्री भण्डारीको इटहरीस्थित घरमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडिको गेट तोडफोड गरेका हुन् । आक्रोशित हुँदै आएको ठूलो भीडले तोडफोड गरी आगो…

पुरा पढ्नुहोस्