खानेपानी सेवा अस्तव्यस्त हुने चिन्ता बढ्दै, नेतृत्व हटाएपछि युवाहरूले गरे कार्यालयमा तालाबन्दी
समता खवर सम्बादाता। राजविराज, ३० कात्तिक । सप्तरीको राजविराजमा खानेपानी सेवाको भविष्य अनिश्चित बन्दै गएको आरोप लगाउँदै स्थानीय युवाहरू आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन । खानेपानी सेवा सुधार भन्दा चलखेल बलियो हुँदै जाँदा सिंगो नगरकै खानेपानी व्यवस्थापन जोखिममा परेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । जेनजी अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा…

