समता खवर सम्बादाता
जनकपुरधाम,२७ कार्तिक । लगातार दस बैठकमा अनुपस्थित रहेकाले मधेश प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भएका छन्। संविधानको धारा १८० को उपधारा (घ) अनुसार उनीहरूको सदस्यता स्वतः समाप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयले बिहिवार सार्वजनिक गरेको सूचनामा ती सांसदहरूले नियमित रुपमा सभा बैठकमा उपस्थिति नजनाए पछि २०८२ कार्तिक २७ गतेदेखि सदस्यता रिक्त गरिएको उल्लेख छ । प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सूचना प्रकाशित गरिएको सचिवालयले स्पष्ट पारेको छ ।

पदमुक्त सांसदहरूमा सर्लाहीकी उर्मिला देवी सिंह, सप्तरीका मनीष कुमार सुमन, सर्लाही ३(२) का संजय कुमार यादव, सर्लाही ४(२) का सिंहासन सा कलवार र बारा २(१) का सारदा शंकर प्रसाद कलवार रहेका छन्।
संविधानले प्रदेशसभा सदस्यले लगातार दसवटा बैठकमा बिना अनुमति अनुपस्थित रहेमा पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ । सोही प्रावधानका आधारमा ती सांसदहरूको सदस्यता खारेज गरिएको सचिवालयले जनाएको छ ।

