छोराको जन्मदिनमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण
समता खवर सम्बादाताकुशहा, ३१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमाका प्रदीप कुमार पासवानले आफ्ना छोराको पहिलो जन्मदिनको अवसरमा गाउँकै श्री माध्यमिक विद्यालय मलहनमाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। पासवानले छोराको पहिलो जन्मदिनलाई सामाजिक सद्भाव र सहयोगका रूपमा मनाउने उद्देश्यले बालविकास र कक्षा १ मा अध्ययनरत ७० जना बालबालिकालाई कापी र पेन्सिल वितरण गरेका हुन्।…

