हेडलाइनहरू

मोबाइल चोरीको आरोपमा कुटपिट गरिएको किशोरको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

समता खवर सम्बादाता ।राजविराज, ६ मंसिर । सप्तरीमा मोबाइल चोरी गरेको आशंकामा कुटपिट गरिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । राजगढ गाउँपालिका–६ फकिरा घर भई हाल राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको शुक्रबार उपचारको क्रममा छिन्नमस्ता अस्पतालमा निधन भएको हो । प्रहरीका अनुसार घटना मंसिर ३ गते भएको हो ।…

पुरा पढ्नुहोस्

सुरुङ्गा–२ भेडियामा मतदाता दर्ता अभियानमा १,००० भन्दा बढीको सहभागिता

समता सम्बादाता भेडीया, १ – मङ्सिर। सुरुङ्गा डिजिटल, हर्दिया एफ.सी. र शिशुवारी एफ.सी. को संयुक्त आयोजनामा भएको मतदाता परिचयपत्र दर्ता तथा जानकारी अभिमुखीकरण क्याम्प शनिबार सुरुङ्गा नगरपालिका २ न. वडा भेडिया बजारमा सम्पन्न भएको छ। क्याम्पमा एकै दिन १००० भन्दा बढी सर्वसाधारणको उपस्थिती रहेको आयोजकले जानकारी दिएका छन्। तीमध्ये २०० जनाले तत्कालै फारम भरेर मतदाता…

पुरा पढ्नुहोस्

खानेपानी सेवा अस्तव्यस्त हुने चिन्ता बढ्दै, नेतृत्व हटाएपछि युवाहरूले गरे कार्यालयमा तालाबन्दी

समता खवर सम्बादाता। राजविराज, ३० कात्तिक । सप्तरीको राजविराजमा खानेपानी सेवाको भविष्य अनिश्चित बन्दै गएको आरोप लगाउँदै स्थानीय युवाहरू आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन । खानेपानी सेवा सुधार भन्दा चलखेल बलियो हुँदै जाँदा सिंगो नगरकै खानेपानी व्यवस्थापन जोखिममा परेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । जेनजी अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा…

पुरा पढ्नुहोस्

उत्खननले बढाएको संकट रोक्न स्थानीयको कडा निर्णय : माग पुरा नभएसम्म चहका कोरैया खोलामा उत्खनन बन्द

दिपेन्द्र पासवान कुशाहा, २८ कात्तिक । सुरुङ्गा नगरपालिका–३ को चहका कोरैया खोलामा वर्षौंदेखि भइरहेको गिट्टी–बालुवा उत्खननले कृषि, वातावरण र नदी संरचनामा गम्भीर असर पारेपछि स्थानीयवासी तथा किसानहरूले समस्या समाधान नहुन्जेल उत्खनन कार्य पूर्ण रूपमा रोक्ने सामूहिक निर्णय गरेका छन्। स्थानियका अनुसार खोलाबाट ठूलो परिमाणमा भइरहेको उत्खननका कारण नदीको प्राकृतिक बहाव बिग्रँदै गएको, नहर अवरुद्ध हुने,…

पुरा पढ्नुहोस्

प्रदेशसभाले गरे पाँच जनाको सदस्यता खारेज

समता खवर सम्बादाताजनकपुरधाम,२७ कार्तिक । लगातार दस बैठकमा अनुपस्थित रहेकाले मधेश प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भएका छन्। संविधानको धारा १८० को उपधारा (घ) अनुसार उनीहरूको सदस्यता स्वतः समाप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले बिहिवार सार्वजनिक गरेको सूचनामा ती सांसदहरूले नियमित रुपमा सभा बैठकमा उपस्थिति नजनाए पछि २०८२ कार्तिक २७ गतेदेखि सदस्यता रिक्त…

पुरा पढ्नुहोस्

भ्रष्टाचार विरुद्धको सन्देश दिदै सुरुङ्गा ७ मा सरसफाइ अभियान सम्पन्न

शम्भु पासवानकुशहा, २६ कार्तिक । देशमा मौलाउँदै गएको भ्रष्टाचार र बेथितीका बीच सप्तरीको सुरुङ्गामा युवाहरूले सन्देशमूलक सरसफाइ अभियान सञ्चालन गर्दै सुधारको बाटो समातेका छन् । “सरसफाइ गरौं, स्वास्थ्य बनौं” भन्ने मूल नारासहित सुरुङ्गा युथका ७ नं. वडा समितीले बुधवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम श्री आधारभूत विद्यालय पोखरिया बसानपटीको प्राङ्गणबाट सुरु भई पोखरिया…

पुरा पढ्नुहोस्

नेता मोहम्मद अफताब आलमको निधन

कुशहा — नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। भट्टराईका अनुसार आलमको शव अन्त्येष्टिका लागि रौतहटको राजपुरतर्फ लगिएको छ। पछिल्लो केही समयदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।…

पुरा पढ्नुहोस्

तेस्रो सुरुङ्गा कप फुटबल प्रतियोगिता सुरु, सुरुङ्गा–२ हर्दियाको विजयी सुरुवात

समता खबर संवाददातासुरुङ्गा (सप्तरी), २१ कात्तिक ।सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा आयोजना गरिएको तेस्रो सुरुङ्गा कप २०८२ खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले गर्नुभएको हो। सुरुङ्गा युवा क्लबको आयोजनामा श्रीपुर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिरहाको बानो फुटबल क्लब र सप्तरीको हर्दिया फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।…

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्दै आएका तीन जना पक्राउ

समता खवर सम्बादाताकाठमाण्डौ, २० कार्तिक । फेसबुकमार्फत विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन देखाएर सर्वे लिंकमा क्लिक गराइ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित छायाँ कम्प्लेक्स नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ नर्सरीको ४० वर्र्षीय राजन गिरी, ओखलढुंगा…

पुरा पढ्नुहोस्

कनकपुरमा तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

समता खवर सम्बादाता ।कुशहा, २० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरिएको तीनदिने अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा आयोजित‘सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बद्र्धनमा युवा अभियान र विद्यालयस्तरमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भएका क्रियाकलापहरूको लेखाजोखा तथा स्थानीय तहमा राष्ट्रिय कार्यढाँचा विषयक अभिमुखीकरण’ कार्यक्रम कार्तिक…

पुरा पढ्नुहोस्