सरकारी सवारी साधन ब्यक्तिगत वा अनाबश्यक प्रयोग गरे कार्वाही गरिनेः जिल्ला प्रशासन कार्यालय सप्तरी

समता खबर सम्बादाता ।
सप्तरी, १३ असोज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी तथा स्थानीय तहका सवारी साधनको प्रयोगमा विशेष व्यवस्था लागू गर्ने भएको छ । प्रशासनले आईतबार जारी गरेको सूचनामा चाडपर्वको विदा अवधिभर सरकारी सवारी साधनलाई व्यक्तिगत वा अनाबश्यक रुपमाा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय राजबिराजले एक सुचना सार्बजनिक गर्दै अत्यावश्यक कार्यालयका कामकाजको सन्दर्भमा मात्र सरकारी सवारी साधन सञ्चालन गर्न सकिने जनाएको छ । सुचनामा त्यसबाहेक कुनै पनि प्रयोजनका लागि प्रशासनबाट पास प्राप्त नगरी सवारी साधन प्रयोग गरेमा सम्बन्धित कार्यालय प्रमुख वा कर्मचारी स्वयं जिम्मेवार हुने जनाउँदै उनीहरूमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।


जिल्ला प्रशासन कार्यालय राजबिराजका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ– “चाडपर्व अवधिमा सरकारी सम्पत्तिको अनुशासित प्रयोग गर्न र अनावश्यक दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो ।”
उनले, इन्धनको अनावश्यक खर्च रोक्न, सरकारी सम्पत्ति सुरक्षित राख्न र नागरिक समक्ष सकारात्मक सन्देश दिन प्रशासनले यो निर्णयलाई कडाइका साथ कार्यान्वयनमा ल्याउ लागेको जनाएको छ ।


स्थानीय तह देखि जिल्ला तह सम्मका सम्पुर्ण कार्यालयहरुमा पठाइएको यो निर्देशन सँगै आगामी दिनमा चाडपर्व अवधिमा सरकारी साधन प्रयोग बारे विशेष निगरानी राखिने प्रशासकिय अधिकृत पाासवानले जनाएको छ ।
यसअघि हरेक चाडपर्वमा सरकारी साधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने गुनासो आउने गरेको र त्यसले कार्यालयको आचार संहितामा समेत असर पारेको भन्दै यस वर्ष देखि निगरानी अझ कडा बनाइने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *