समता खवर सम्बादाता ।
कुशहा, २० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरिएको तीनदिने अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा आयोजित‘सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बद्र्धनमा युवा अभियान र विद्यालयस्तरमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भएका क्रियाकलापहरूको लेखाजोखा तथा स्थानीय तहमा राष्ट्रिय कार्यढाँचा विषयक अभिमुखीकरण’ कार्यक्रम कार्तिक १८ देखि २० गतेसम्म सञ्चालन गरिएको थियो।
स्थानीय शिक्षक, विद्यार्थी समाजिक कार्यकर्ता , संचारकर्मी तथा सरोकारवाला सहित २५ जनाको सहभागित रहेको सो कार्यक्रममा साँस्कृतिक सम्पदा संरक्षणको आवश्यकता,साँस्कृतिक सम्पदा संरक्षणका महत्व, नेपालमा साँस्कृतिक सम्पदा संरक्षणको वर्तमान अवस्था, नेपालको कुल ग्राहस्थ उत्पादन ९न्म्ए० को वृद्धिमा संस्कृतिको भूमिका, साँस्कृतिक सम्पदा संरक्षणमा सम्भावित युवा अभियान ,दिगो विकास लक्ष्यको परिचय सहित दिगो बिकास लक्ष्यलाई केन्द्र बिन्दुमा राखि पालिका स्तरबाट भएका प्रयास तथा आगामी कार्यदिशा लगायतका बिषय बस्तुहरु बारे सहजकर्ताहरुले बृहत रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई स्थानीय स्तरमै भौतिक तथा अभौतिक सम्पदाको अभिलेखीकरण, प्रवर्द्धन र संरक्षणका व्यवहारिक उपायहरूको बारेमा समेत छलफल भएको थियो।
कार्यक्रमको सहजीकरण युनेस्कोका सदस्य रामेश्वर प्रसाद यादव,आयोग सचिवालयका शाखा अधिकृत दिपक भण्डारी, सुरुङ्गा नगरपालिका शिक्षा अधिकृत धन बहादुर पुलामी, श्रोत ब्यक्ति भोगेन्द्र प्रसाद यादब ले गर्नुभएको थियो।

