सिंहदरवारमा आगोलगाई लुटपाट गर्ने ग्याँङ समातियो

समता खबर सम्बादाता ।
काठमाण्डौ, २७ भदौ । गत २४ को जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियार लगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेहरुलाई पक्राउ गर्न थालेको हो ।


काठमाण्डौं स्थित प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडी सहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुनै चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् ।
यसै गरी आन्दोलनको क्रममा सिंहदरवार सहित काठमाण्डौको बिभिन्न ठाउँहरुमा लुटपाट गरेको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल रहेका छन् । उनीहरूको साथबाट लुटिएका सामान समेत बरामद गरिएको छ ।


पक्राय परेकाहरुलाई सेना र सशस्त्र प्रहरीको टोलीले तिनकुने स्थित प्रहरी चौकीको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *