दिपेन्द्र पासवान

रसुवा बाढीपीडितका लागि आसमान नेपालको ७ लाख ९ हजार सहयोग

दिपेन्द्र पासवान  सप्तरी ,११ भदोै । बिपद्धमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आसमान नेपालले ७ लाख ९ हजार ७ सय ४५ रुपैयाँ सहयोग गरेको छ। संस्थाका कर्मचारीबाट संकलित रकम र आसमान नेपालको इमर्जेन्सी फन्डबाट जुटाइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए। यादवका अनुसार बाढीबाट प्रभावित तथा…

पुरा पढ्नुहोस्

बाढीले खोस्यो आमा र छोरा : त्रिशूलीबाट आएको त्यो फोन

सप्तरी, ११ भदौ ।बुधबार साँझ। घरमा सामान्य दिनझैँ थियो। तर केहीबेरमै सप्तरीको सुरुङ्गा नगरपालिका–७, बसानपट्टीको एउटा परिवारमा सन्नाटा छायो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको खबर फैलिएसँगै कमल रामको परिवारले नुवाकोटको त्रिशूली बजारमा रहेका छोरा दुर्गानन्द रामलाई फोन गर्न थाल्यो। पटक–पटक फोन गरे, तर उताबाट कुनै जवाफ आएन। मनमा अनेक आशंका उब्जिरहेका थिए। करिब साँझ ४…

पुरा पढ्नुहोस्

रसुवामा बाढीको वितण्डा : ४९ प्रहरी सम्पर्कविहीन, चार प्रहरी कार्यालय बगे

समता खवर सम्बादाता।  काठमाडौं ,१० भदौ । रसुवामा भोटेकोशी नदीमा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाका चारवटा प्रहरी कार्यालय तथा सुरक्षा संरचना बगाउँदा त्यहाँ कार्यरत ४९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेंशी र मेलुङ बगाएको प्रहरी प्रधान कार्यालयनले जनाएको छ। प्रहरीका अनुसार ती…

पुरा पढ्नुहोस्

विभेदविरुद्धको यात्रालाई सम्मान : राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार

समता खवर सम्वादाता ।राजविराज,२६ साउन । विभेद, हिंसा र सामाजिक अन्यायमा परेका समुदायको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका सप्तरीका मानव अधिकारकर्मी राजु पासवान सम्मानित भएका छन्। शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका पासवानलाई ३४औँ प्रकाश स्मृति दिवसका अवसरमा बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ प्रदान गरिएको हो। सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा उनलाई ११ हजार…

पुरा पढ्नुहोस्

सर्वदलीय बैठकपछि सुरुङ्गामा शान्ति-सद्भाव र्‍याली, संयम अपनाउन सबैलाई आग्रह

समता खवर सम्बादाता ।सुरुङ्गा, १५ साउन । देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनाक्रमको प्रभाव स्थानीय तहसम्म पर्न सक्ने आकलन गर्दै सुरुङ्गा नगरपालिकाले बिहीबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेको छ। बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै शान्ति–सद्भाव र्‍यालीसमेत निकालेको छ । कार्यवाहक नगर…

पुरा पढ्नुहोस्

देशभरको तनावबीच सुरुङ्गा नगरपालिकाले बोलायो सर्वदलीय बैठक, शान्ति–सुरक्षामा विशेष जोड

समता खवर सम्बादाता । कुशहा,१५ साउन । सप्तरी, श्रावण १५। देशका विभिन्न क्षेत्रमा हालै विकसित भएका विविध घटनाक्रम र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ। नगरपालिकाले जारी गरेको पत्रमा स्थानीय स्तरमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरणलाई कायम राख्ने विषयमा साझा धारणा निर्माण गर्न…

पुरा पढ्नुहोस्

सप्तरीका पाँच पालिकामा विभिन्न कार्यक्रम गरी मनाइयो चौथो हरवा–चरवा मुक्ति दिवस

समता खवर सम्वादाता ।सप्तरी, २ श्रावण । चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा सप्तरीका कञ्चनरूप, सुरुङ्गा, खडक, बलान–बिहुल र तिलाठी–कोइलाडीमा ¥याली, अन्तरक्रिया, दीप प्रज्वलन तथा छात्रवृत्ति वितरण कार्यक्रम गरी दिवस मनाइएको छ। जन चेतना दलित संगमको आयोजनामा कञ्चनरूप नगरपालिकामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हरवा–चरवाको लगत संकलन, परिचयपत्र वितरण, पुनस्र्थापना, श्रमिकको हक, न्यूनतम ज्याला तथा समान कामको समान…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दिपेन्द्र पासवान कुशहा, २० असार। सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरस्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपना तथा प्रमाणीकरण घोषणा कार्यक्रम–२०८३ सम्पन्न गर्दै प्रत्येक बालबालिकालाई नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाको सभाहलमा “उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता यही हो हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा…

पुरा पढ्नुहोस्

मुक्त हरवा–चरवाको अधिकार सुनिश्चित गर्न सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित ज्ञापनपत्र

समता खवर सम्बादाता। सुरुङ्गा, ४ असार । मुक्त हरवा–चरवा समुदायको न्यायपूर्ण पुनर्स्थापना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि मुक्त हरवा–चरवा अधिकार मञ्चले सोमबार सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित प्रदर्शन गर्दै नगर प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। मञ्चको आयोजनामा सुरुङ्गा नगरपालिका–४ कनकपुरबाट सुरु भएको र्‍याली विभिन्न मागसहितका प्लेकार्ड बोकेर कदमाहा बजार हुँदै नगरपालिकाको कार्यालय…

पुरा पढ्नुहोस्

विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न

“भ्रष्टाचारविरुद्ध जनआवाज र वैकल्पिक राजनीतिक संस्कार निर्माणमा जोड” रामनाथ राम राजविराज,९ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँस्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला सम्पन्न भएको छ । जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज उठाउने विषयमा विशेष जोड दिइएको…

पुरा पढ्नुहोस्