मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

राजेश भाष्कर
सप्तरी, भदौ २९ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ मा आइतबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मधेश प्रदेश दर्ता नम्बर ०१–००५ प ५५११ भएको मोटरसाइकल पूर्व देखि पश्चिमतर्फ जाँदै गर्दा दुर्घटना भएको छ । दुर्घटनामा परि सुरुङ्गा–९ प्रमानपुरका २८ वर्षीय मोटरसाइकल चालक अनिल कुमार चौधरीको घटना स्थल मै मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार सुरुङ्गा न.पा.७ बस्ने २१ वर्षीय राधेश्याम चौधरी गम्भीर घाइते भएका छन् दुर्घटनापछि प्रहरी र स्थानीयवासीहरुले मृतक र घाईते दुबैलाई तत्कालै नजिकै रहेको जिनिस होस्पिटल पुर्‍याएको छ । । प्रहरीका अनुसार

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसबीच, स्थानियले उक्त सडक खण्डमा लगातार दुर्घटना भइरहेको भन्दै पुर्व पश्चिम कन्चनपुर देखि बलान सम्म सडक निर्माणको ठेक्का पाएका चाईना रेल्वे कन्ट्रक्सन कम्पनीको चरम लापरबाहीका कारण बारम्बार दुर्घटना भईरहेको स्थानियहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *