नेपाल नागरिक उड्डयन प्राधिकरणको चेतावनीः तोकिएको भन्दा बढी हवाई भाडा असुल्नेलाई कारबाही

समता सम्बादाता ।

काठमाडौं, असोज १६ । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले दशैं, तिहार र छठ जस्ता ठूलो चाडपर्वको समयमा हवाई टिकटको अत्याधिक मागलाई ध्यानमा राख्दै यात्रुहरुलाई बढी भाडा असुल्ने वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्राधिकरणले नेपाल सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा बढी रकम लिई टिकट विक्री गर्ने कार्य गैरकानूनी हुने उल्लेख गर्दै यात्रुहरुलाई त्यसरी बढी भाडा असुलिएको खण्डमा तुरुन्तै उजुरी दिन आग्रह गरेको छ ।

नेपालका विभिन्न Trunk Sector हरुका लागि स्वीकृत उच्चतम भाडादर यसप्रकार रहेका छन् :

  • काठमाडौं–विराटनगर : रु. ९,७८५
  • काठमाडौं–भरतपुर : रु. ४,६४३
  • काठमाडौं–भद्रपुर : रु. १२,११२
  • काठमाडौं–जनकपुर : रु. ५,४७०
  • काठमाडौं–पोखरा : रु. ६,६३५
  • काठमाडौं–नेपालगञ्ज : रु. १३,१०३
  • काठमाडौं–धनगढी : रु. १७,५७९
  • काठमाडौं–सिमरा : रु. ३,९७८
  • काठमाडौं–भैरहवा : रु. ८,४६१
  • काठमाडौं–राजविराज : रु. ८,२१०
  • काठमाडौं–सुर्खेत : रु. ९,०३०
  • काठमाडौं–तुम्लिङ्गटार : रु. ७,६३०

यात्रुहरुले बढी रकम असुलिएको पाएमा सम्बन्धित विमानस्थल कार्यालय, विमानस्थलमा खटिएका सुरक्षा प्रहरी, प्राधिकरणको वेबसाइटमा रहेको Voluntary Information Reporting System (VIRS) वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरणको हॉटलाइन नं. ०१४११३१६३ मा जानकारी गराउन सकिनेछ ।

प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिने वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुहरुलाई सचेत रहन आग्रह गर्दै भनेको छ–
“हामी सबैको एउटै आवाज, भ्रष्टाचारीहरुलाई गरौं सामाजिक बहिस्कार।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *