भुवन के. पोखरेलले जिते ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड


समता खवर सम्बादाता ।
काठमाडौं, ३१ भदोै । राजधानीमा आज सम्पन्न भएको ५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड २०८३ मा सप्तरी निवासी कलाकार भुवन के. पोखरेलले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड हात पार्न सफल भएका छन्।


पोखरेलले नेपाली मौलिक तीज गीत ‘कम्मरु भचौला’ बाट उक्त अवार्ड प्राप्त गरेका हुन्। अवार्ड पाएसँगै कलाकारिता क्षेत्रमा सक्रिय पोखरेलको चर्चा थप चुलिएको छ।


सप्तरी निवासी पोखरेल लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित कलाकार हुन्। उनले हालसम्म दर्जनौँ म्युजिक भिडियो तथा टेलिसिरियलमा अभिनय गरिसकेका छन्।


पोखरेल पछिल्लो समय निकै चर्चित नेपाली टेलिसिरियल ‘सहरीया बुहारी’ मा समेत अभिनय गर्दै आएका छन्। विभिन्न म्युजिक भिडियो तथा टेलिसिरियलमार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै आएका पोखरेलले अवार्ड जितेपछि नेपाली कलाकारिता क्षेत्रमा आफ्नो पहिचान थप मजबुत बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *