अस्पतालको गेटबाहिर सुत्केरी प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाही माग्दै प्रदर्शन
समता खवर सम्बादाता । राजबिराज, ३१ भदौ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर सुत्केरी हुनुपरेको भनिएको बबिता पासवान घटनालाई लिएर संयुक्त दलित संघर्ष समिति सप्तरीले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेको छ। शिव मन्दिर परिसरबाट निकालिएको जुलुस राजविराज बजारका विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।…

