घुस काण्डको भिडियो खिच्ने पत्रकार सप्तरीमा पक्राउ
कुशहा,१८ माघ । सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिक आज दिउँसो घुस लिँदै गरेको दृश्य खिचिरहेका एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको घटना बाहिर आएको छ। नयाँ पत्रिकाका संवाददाता सौरभ यादव भारतीय बजार कुनौली नाकाबाट भित्र्याइएका सामानसँग सम्बन्धित घुस लेनदेनको भिडियो खिचिरहेका बेला भन्सारमा खटिएका सहायक हवलदार देवेन्द्र यादवले उनको हात समातेर करिब २००…

