आन्दोलनकारीद्वारा बनेपा नगरपालिकामा आगजनी
काभ्रे — आन्दोलनकारीले काभ्रेको बनेपा नगरपालिकामा आगजनी गरेका छन् । आन्दोलनकारीको समूहले मंगलबार दिउँसो ३ बजेको समयमा नगरपालिकामा तोडफोड गरी आगजनीसमेत गरेका हुन् । उनीहरुले नगरपालिका परिसरमा रहेका सामानहरु तोडफोड गर्दै आगजनी गरेका हुन् । आगजनी हुँदा नगरपालिकाको दुई वटा गाडी चलेका छन् । त्यस्तै,आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बनेपा कब्जाको प्रयास गरेका थिए । प्रहरीले केही राउन्ड हवाइ फायर भएको…
