बलान नदी छेउमा लुकाई राखेको २ क्विन्टलभन्दा बढी गाँजा बरामद

समता खवर सम्बादाता ।

कुशहा, २४ असोज । सिरहाको बलान नदी किनारमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान भगवानपुर गाउँपालिका–२ स्थित बलान नदी किनारमा लुकाइराखिएको अवस्थामा २ क्विन्टल १९ किलो ४०० ग्राम गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी नरेश भण्डारीका अनुसार खोला किनारमा ९ बोरा गाँजा लुकाइएको अवस्थामा भेटिएको हो। प्रहरीले उक्त गाँजा बरामद गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

यसबीच, गाँजा लुकाउने व्यक्ति वा समूहको पहिचान र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *