कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड

सुनसरी — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।

इटहरीमा जारी कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मन्त्री भण्डारीको इटहरीस्थित घरमा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडिको गेट तोडफोड गरेका हुन् । आक्रोशित हुँदै आएको ठूलो भीडले तोडफोड गरी आगो लगाउने प्रयास गरेका थिए । तर घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही प्रदर्शनकारीले नै आवाज उठाए पछि भीडले आगो भने लगाउन पाएन । आक्रोशित भीडले गोली हान्नेलाई कारबाही गर्नुपर्छह भन्दै नारा लगाएका थिए ।

यस्तै, आक्रोशित प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको घरमा आगो लगाएका छन् । प्रदर्शनकारीले नेकपा एमाले इटहरीको पार्टी कार्यालय र नेपाली कांग्रेसको कार्यालयमा पनि आगजनी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *