लाखौ रकम ठगी गरेको आरोपमा एकजना धामी पक्राउ


समता खबर सम्बादाता ।
कुशहा, १८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका ५ बाट कर्तब्य ज्यान मुद्दामा सजाई पाईरहेको एक जना ब्यक्तिको आफन्तबाट रकम असुली गरेको आरोपमा एक जना धामीलाइ प्रहरीले पक्राउ गरेका छन् ।


यसरी पक्राउ पर्नेमा सुनसरी जिल्ला बराह नगरपालिका ११ का ५४ बर्षिय मो. मन्जुर भनिने मनफल मियाँ रहेको प्रहरीले बताएका छन् । आईतबार कुशहाका स्थानियबासीहरुले भुतलागेको मान्छेलाई निको पार्नु पर्छ भन्दै मियाँलाई बोलाएको थियो । सोही क्रममा ठगीमा परेका मानिसहरुले बैठक बसी छलफल गरिरहेको बेला प्रहरीले गोप्य सुचनाको आधारमा उनलाई कुशहा पोखरी टोलबाट मंगलबार राती पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएका छन् ।


मियाँले दुई बर्ष अघि कर्तब्य ज्यान मुदामा सजाई पाईरहेका सोही ठाउँका ५५ बर्षिय साबित्रि देबी पासवानको ज्वाई प्रकास पासवानलाई तन्त्र मन्त्रको आधारमा जेलवाट सहमती गराएर छुटाई दिने भन्दै उनी संग दुईलाख नगद माग गरेको पिडित पासवानले बताएका छन् । उनले मागेको रकम मध्ये ३६ हजार मात्र बुझाएको बाकी ज्वाईसाब छुटेर आई सकेपछि दिने बताएका थिए । तर “नत मेरो ज्वाई छुट्यो नत उनलाई तिरेको पैसा फिर्ता आयो”, पिडित महिलाले बताईन ।


सोही बेला स्थानिय घुघरा पासवानको श्रीमती मुनैर देबी पासवानले लागातार रुपमा राती सपनामा भुतप्रेत देख्न थालेका थिए । उनले पनि सोही धामी मन्जुर भनिने मनफल मियाँलाई बोलाए । तर धामी मियाँले २५ हजार रुपैया दिए मात्र झरफुक गर्ने बताएको पिडित मुनैर देबीले बताईन् । उनले सो नगद बुझाए पनि श्रीमान्लाई निको भएन , त्यसको केही दिन पछि श्रीमान्को मृत्यु भयो आक्रोस पोख्दै उनले बताईन् ।


त्यस्तै सोही ठाउँकी ५७ बर्षकी बीना पासवानको पनि कथा उस्तै छ । उनले छोरी कबितालाई शारिरिक रुपमा दुब्लाउँदै गरेको र पछि भुत खेल्न थाले पछि सोही धामीलाई बोलाए । धामीले ५० हजार नगद दिए पछि छोरीलाई निको पारिदिने बताएका थिए , मागेको पैसो पनि ऋण काढेर दिए तर निको नभएको बताईन् । पछि अर्कै ठाउँको धामी लगाएर छोरीलाई ठिक गराएको बताईन् ।


त्यहाँ उनीहरु मात्र हैन उनी जस्ता अधिकाँश महिलाहरु उनको चपेटामा परेको स्थानिय जितेन्द्र पासवानले बताएका छन् । पासवानका अनुसार धामी मियाँले आश्रय लिएर बसेको घरधनी रामपृत पासवान संग पनि नगद २० हजार ठगी गरेको बताएका छन् । उनले सोही ठाउँका हरिहर पासवान र चैता चौधरी संग समेत १५÷१५ हजार नगद लिएको बताएका छन् ।
गाउँमा धामी मियाँ आए देखि यस्ता समस्या घरघरमा हुनलागेको स्थानिय अशोक पासवानले बताएका छन् । उनका अनुसार गत साउन रक्षाबन्धनको दुई दिन अगाबै जनकपुरबाट घर आएका १८ बर्षिय छोरा बिशालको एक्कासी मुखबाट रगत आउन लागे लगतै लहान स्थित कामना नर्सिङ्ग होममा उपचारको लागि लग्यौ, त्यहाँ उपचार सम्भब नभए पछि बिराटनगर लगिदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।


छिमेकी उर्मिला देबी पासवानकी १२ बषिय छोरी निमा कुमारी पासवानलाई दुई महिना अघि देखि रक्तश्राब हुने गरेको र पछि देबी कामीरहेको बेला दुई दिन पछि यसको मृत्यु हुने बताएका थिए, सोही अनुसार दुई दिन पछि मेरो छोराको मृत्यु भएको मृतकका बुवा पासवानले आरोप लगाएका छन् ।
स्थानिय उर्मिला देबी पासवानले धामी मन्जुरले पालिराखेको देबी,भुत प्रेत घरघरमा पठाएर सबैलाई समस्या गरेको आरोप लगाएकी छिन् । उनले आफै पनि त्यसको भुक्तभोगी रहेको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *