बुटवल — जेनजी समूहका प्रदर्शनकारीले बुटवलको सुख्खानगरस्थित एमाले लुम्बिनी प्रदेश कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।
बुटवलका विभिन्न स्थानबाट त्यहाा पुगेका प्रदर्शनकारी पार्टी कार्यालयमा आगजनी गरेका हुन् । एमाले पार्टी कार्यालयका फर्निचर, कागजपत्र प्रदर्शनकारीले जलाइदिएका छन् ।
बुटवललाई केन्द्रमा राखेर प्रदर्शनकारीले मंगलबार बिहान ११ बजेदेखि नै विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।

