कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री र इटहरीका नगरप्रमुखको घरमा तोडफोड
सुनसरी — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् । इटहरीमा जारी कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मन्त्री भण्डारीको इटहरीस्थित घरमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडिको गेट तोडफोड गरेका हुन् । आक्रोशित हुँदै आएको ठूलो भीडले तोडफोड गरी आगो…

