काभ्रे — आन्दोलनकारीले काभ्रेको बनेपा नगरपालिकामा आगजनी गरेका छन् । आन्दोलनकारीको समूहले मंगलबार दिउँसो ३ बजेको समयमा नगरपालिकामा तोडफोड गरी आगजनीसमेत गरेका हुन् ।
उनीहरुले नगरपालिका परिसरमा रहेका सामानहरु तोडफोड गर्दै आगजनी गरेका हुन् । आगजनी हुँदा नगरपालिकाको दुई वटा गाडी चलेका छन् ।
त्यस्तै,आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बनेपा कब्जाको प्रयास गरेका थिए । प्रहरीले केही राउन्ड हवाइ फायर भएको थियो । आन्दोलनकारीले एमालेको पार्टी कार्यालय र कांग्रेसको पार्टी कार्यालय तोडफोडसमेत गरेका छन् ।
जिल्लास्थित बनेपा बजार र यातायात क्षेत्र पनि बन्द गरिएको छ । व्यवसायीहरुलाई स्वस्फूर्त रुपमा यातायात र बजार बन्द गरेका हुन् । आन्दोलनकारीले ठाउँ–ठाउँमा टायर बालेर आगजनी गरेका छन् ।
जेनजीको आन्दोलन चर्किंदै गएपछि काभ्रेको विभिन्न स्थानमा कार्यालयले कर्फ्यु जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै मंगलबार दिउँसो १२:१५ बजेदेखि राति ९ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

