समता खवर सम्बादाता ।
सुरुङ्गा, ४ कार्तिक । आगामी छठ पर्वलाई लक्षित गरी सुरुङ्गा नगरपालिका–८, मलहनमा पश्चिम टोलमा छठी मैया पूजा समिती गठन गरिएको छ । स्थानीय युवा, भद्रभलाद्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थितिमा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो ।
बैठकको अध्यक्षता सुरुङ्गा नगरपालिकाका प्रवक्ता एवं युवा नेता शिव दर्शन पासवानले गरेका थिए । बैठकले चन्दन पासवानलाई समितीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सचिवमा जय प्रकाश पासवान , कोषाध्यक्षमा निर्मल दास र अन्य सदस्यहरूमा अजय कुमार सदा , रोशन कुमार राम ,शिब कुमार राम ,ललित कुमार साह ,राम पुकार पासवान ,दिप नारायण सदा , सुदामा कुमार पासवान र भुपिन कुमार दास चयन भएका छन् ।
समितीको सल्लाहकारको रुपमा शिवदर्शन पासवान , नन्द किशोर पासवान , लालबहादुर पासवान, बीरेन्द्र कुमार पासवान, रघुनाथ साह , श्याम पासवान ,सुरेन्द्र राम ,सोनेलाल दास र राम विलास सदा चयन भएका छन् ।
छठ पर्वलाई भव्य, सांस्कृतिक र मर्यादित रूपमा सम्पन्न गर्न समिति गठन गरिएको आयोजकहरूले जनाएका छन् । समितिले पूजा स्थल सरसफाइ, साजसज्जा, सांस्कृतिक कार्यक्रम र सुरक्षा व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गर्ने निर्णय पनि गरेको छ ।
नव गठित समिती तथा स्थानिय बासिन्दाहरूले यसपालिको छठी मैया पूजालाई अझ आकर्षक र व्यवस्थित बनाउन सबैको सहयोग र सहभागिता अपेक्षा गरिएको जनाएका छन् ।

