अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष चौधरीले राजिनामा दिए
कुशहा, कार्तिक १८ —अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनले विभिन्न कारणवश गाउँपालिकाको अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ भएको भन्दै असोज ५ गते राजिनामा पत्र बुझाएका थिए। राजिनामा पत्रमा उनले लेखेका छन्, “म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वेच्छाले आजकै मितिदेखि लागू हुने…

