सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्दै आएका तीन जना पक्राउ

समता खवर सम्बादाता
काठमाण्डौ, २० कार्तिक । फेसबुकमार्फत विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन देखाएर सर्वे लिंकमा क्लिक गराइ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेका छन् ।


नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित छायाँ कम्प्लेक्स नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ नर्सरीको ४० वर्र्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ हाल काठमाण्डौ बुढाजनलकण्ठ बस्ने २६ बर्षिय मिना लकान्द्री र भारत विहार रक्सौलका २६ वर्षीय अजदित्य कुमार रहेका छन् ।


ब्युरोका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न बैंकका नाममा बोनस पाउने लोभ देखाएर सर्वे लिंक पठाउने र ती लिंकमा क्लिक गरेपछि पीडितका बैंक खाताबाट रकम अन्य खातामा सारिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


उनीहरूको साथबाट नेपाली तथा भारतीय नगद, विभिन्न बैंकका एटीएम कार्ड, मोबाइल, क्यासिनो कार्ड र प्रयोगमा आएका सिम कार्डहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि इलेक्ट्रोनिक माध्यममार्फत ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्युरोका प्रबक्ता तथा प्रहरी उपरीक्षक दिपक राज अबस्थीले जनाएको छ ।


प्रबक्ता तथा प्रहरी उपरीक्षक अबस्थीका अनुसार सामाजिक सञ्जालमा झुटा विज्ञापनमार्फत आर्थिक ठगीका घटना तीव्र रूपमा बढ्दै गएकाले सावधानी अपनाउन बिज्ञप्ती मार्फत सबैलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *