मालपोत कार्यालयभित्र आनाधिकृत गतिविधि रोक्न प्रशासन सक्रिय

समता खवर सम्बादाता ।
राजबिराज, १ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न कडा निर्देशन जारी गरेको छ ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्रसँग सम्बन्धित व्यक्तिहरूले कार्यालय परिसर भित्र प्रवेश गरी विभिन्न फाँट तथा अभिलेख सम्बन्धी विवरण हेर्ने गरेको पाइएकाले त्यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरेको हो ।

सूचना अनुसार भूमि व्यवस्था तथा अभिलेख विभागबाट प्राप्त परिपत्र तथा निर्णयका आधारमा कार्यालय हाताभित्र अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाइएको जनाइएको छ । विभागबाट प्राप्त निर्देशनमा कार्यालय परिसरभित्र अनधिकृत व्यक्ति प्रवेश गर्न नदिन तथा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिईएको हो ।

कार्यालयका अनुसार केही कानुन व्यवसायी तथा भू–सेवा केन्द्रका सञ्चालक र सहयोगीहरू कार्यालयको फाँटभित्र प्रवेश गरी जग्गा सम्बन्धी अभिलेख र विवरण हेर्ने प्रयास गर्ने गरेको गुनासो आएको थियो ।

भूमि प्रशासन निर्देशिका २०८१ को दफा ६ र ३२३ बमोजिम कार्यालयले असम्बन्धित व्यक्तिलाई कार्यालयको फाँट तथा अभिलेख हेर्न नदिन सरोकारवालालाई सचेत गराएको जनाएको छ ।

कार्यालय प्रमुख किशोर कुमार रामद्वारा हस्ताक्षरित सूचनामा यस्ता गतिविधि तुरुन्त बन्द गरी कार्यालयको कामकाजलाई व्यवस्थित बनाउन सहयोग गर्न सबैमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *