राजविराज, ५ भदौ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी मलेकपुर गाविस–५ हाल विष्णुपुर गाउँपालिका–१ का अरविन्द मण्डल खंग रहेको प्रहरीले जनाएको छ .प्रहरीका अनुसार खंगलाई अदालतको फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो ।
उनीमाथि गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सप्तरी जिल्ला अदालत, राजविराजले ४ महिनाको कैद सजाय सुनाएको थियो। फैसला पश्चात् फरार रहेका मण्डललाई प्रहरी टोलीले खोजतलास गरी ४ गते बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीक प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जनाएको छ ।
बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादी खंगलाई जिल्ला अदालत राजविराजमा पेश गरिएको जनाएको छ ।

