मलखाद्य बितरणमा उपमेयरको मोनोमानी , नगरपालिकालाई सचेत हुन बडा अध्यक्षहरुको चेताबनी

दिपेन्द्र पासवान
कुशहा, ४ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गतको कृषि शाखाद्धारा बितरण गरिएको मलखाद्य मोनोपोली ढंगले बितरण गरिएको भन्दै स्थानिय कृषक र जन प्रतिनिधीहरुले सच्याउन माग गरेका छन् ।
नगरपालिकाका उपमेयर रुद्र बहादुर काकीे र कृषि अधिकृत रोसनी कुमारी चौधरीको मिलेमतोमा कृषकहरुको लागि आएको मलखाद्य आफु अनुकुल बितरण गर्न लागिए पछि स्थानिय कृषक र जनप्रतिनिधीहरुले सो कार्य सच्याउन माग गरिएको हो ।
संघिय सरकार अनुदानबाट कृषि सामग्री संस्थान लिमिटेडले ल्याएको मल खाद्य वितरणका क्रममा सुरुङ्गा नगरपालिकाले पाएका १४२० बोरा मल मध्ये १३० मेयर र २३० बोरा उपमेयरले आफु अनुकुलका आसेपासे हरुलाई बितरण गर्न राखिएको भन्दै जनप्रतिनिधी र किसानहरू आक्रोस पोखेका छन् ।


वडा अध्यक्ष श्याम प्रसाद साहले “धान खेतीमा किसानहरू अत्यन्तै व्यस्त छन् तर पर्याप्त मल नपाउँदा समस्यामा भोगिरहेको बताउँदै नगरपालिकाले सबै किसानलाई समान रूपमा मल वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाएका छन् ।
वडा अध्यक्ष साहले उपमेयर कार्कीको यस्तो असमान ब्यबहार प्रति खेद प्रकट गर्दै मलखाद्य समान रुपमले बितरण गर्नु पर्ने जनाउँदै नगरिएको खण्डमा आफ्नो वडाले पाएको सम्पुर्ण मल बितरण नगरी नगरपालिकालाई नै फिर्ता गर्ने चेताबनी दिएका छन् ।
पानी नपरेर खडेरीको मार झेल्दै आएका सुरुङ्गाका किसानले पानी परेपश्चात् राहत त महसुस गरे तर मलको अभावले उनीहरु थप संकटमा परेका छन् । धान खेतीको मुख्य समयमा पर्याप्त मल उपलब्ध नभए किसानको उत्पादन प्रभावित हुने अर्का वडा अध्यक्ष तथा समाजिक बिकास समितीका संयोजक देबेन्द्र प्रसाद चौधरीले बताएका छन् ।
धान खेतीमा संलग्न स्थानीय किसानहरूले पर्याप्त मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । मलहनमाका एक किसानले भने, “धान रोपाइँ अन्तिम चरणमा पुगेको छ, तर मल नहुँदा खेतमै रोपेका बिरुवा पहेँलो हुँदै गएका छन् । उनले भने, “मल नपाएर यसपालि हाम्रो पसिना माटोमा मिसिन्छ कि भन्ने हामीलाई डर छ तर मेयर र उपमेयरले आगामी स्थानिय तहको निर्बाचनलाई लक्षित गरी आसेपासेलाई आबश्यक्ता अनुसार खाद्य बितरण गर्ने योजनामा लागेको आरोप लगाएका छन् ।”
गत वर्ष पनि यसै समयमा मल वितरणमा समस्या देखिएको थियो अध्यक्ष साहले भने, किसानहरूले पटक–पटक स्थानीय तहलाई ध्यानाकर्षण गराउँदा पनि समयमै मल उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएका छन् । यस वर्ष ल्याइएको मलखाद्य वितरण प्रक्रियामा समेत मनोमानी गर्न लागे पछि किसानहरूको असन्तोष बढेको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *