रुबीको हत्या स्वीकार गर्ने प्रेमी पासवानको निधन
रौतहटमा एउटा सनसनीपूर्ण घटना घटेको छ। सुटकेसभित्र शव भेटिएकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ। बुधबार बिहान आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो | रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरकी २६ वर्षीया रुबी कुमारी साह गत शनिबार रातिदेखि बेपत्ता थिइन्। आइतबार बिहान…

