सहमति टुटेपछि चुनाव, सुरुङ्गा कांग्रेसमा कार्की प्यानल विजयी

दिपेन्द्र पासवान

कुशहा, १४असोज । सहमतिबाट नगर समिति गठन गर्ने प्रयास सफल नभएपछि भएको निर्वाचनमा नेपाली कांग्रेस सुरुङ्गा नगर समितिको नेतृत्व रुद्रबहादुर कार्कीले पाएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा सबै प्रमुख पदमा कार्की नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे सुरु भएको मतदान राति ८ बजेसम्म चलेको थियो। राति ११ बजेदेखि सुरु भएको मतगणना बुधबार बिहान सम्पन्न भएपछि करिब ४ बजे अन्तिम परिणाम सार्वजनिक गरिएको थियो।

सभापतिमा कार्कीले १३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अशोककुमार चौधरीले ११४ मत पाएर पराजित भए। उपसभापति खुलातर्फ गफुर मियाँ १४१ र महिला उपसभापतिमा पूजा कुमारी पासवान १४३ मतसहित निर्वाचित भए। उनीहरूका प्रतिस्पर्धी देवानन्द चौधरीले १०७ र देवीमाया आलेमगरले १०६ मत पाए।

सचिवमा चन्द्रभूषण चौधरी १४४ मतसहित निर्वाचित हुँदा श्यामप्रसाद साह १०६ मतसहित पराजित भए। सहसचिवमा दिपेश कुमार चौधरी १४१ मतसहित निर्वाचित हुँदा महेन्द्रप्रसाद साहले १०७ मत पाए।

नगर कार्यसमिति सदस्यतर्फ वडा नं. २ बाट शेरबहादुर अधिकारी र लिला देवी चौधरी, वडा नं. ३ बाट सोमनी देवी पासवान र छेदीलाल चौधरी, वडा नं. ४ बाट शुभनारायण सदा, वडा नं. ८ बाट सुरती चौधरी र धमेन्द्र चौधरी, वडा नं. ९ बाट रविन्द्र चौधरी, वडा नं. १० बाट रन्जु कुमारी यादव र राजदेव पण्डित तथा वडा नं. ११ बाट दरौती देवी चौधरी र नेनीलाल चौधरी निर्वाचित भएका छन्।

३५ वर्षमुनिका युवा समूहबाट सेरुल खातुन, देवशंकर यादव र लकी चौधरी तथा दलिततर्फ दुलारी देवी मण्डल र भोला कुमारी पासवान निर्वाचित भएका छन्।

कांग्रेस स्रोतका अनुसार नगर समिति सहमतिका आधारमा गठन गर्ने प्रयास भए पनि समूहगत राजनीतिक प्रतिस्पर्धाका कारण सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। अन्तिम परिणाममा प्रमुख पदसहित अधिकांश पदमा कार्की नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *